फोर्ब्स सूचीमा विनोद चौधरीको ठूलो फड्को, वर्ष दिनमै बढाए २२ अर्ब सम्पती


२२ फाल्गुन २०७५, बुधबार
Binod Chaudhary

काठमाडौं, २२ फागुन । नेपालका एक मात्र अर्बपति विनोद चौधरीले एक वर्षको अवधिमै धनआर्जनमा ठूलो फड्को मारेका छन् ।

Binod Chaudhary

विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । वर्ष दिनमै २० अर्ब सम्पती बढाएका चौधरीले सम्पतीसँगै अर्बपतिको सूचीमा आफूलाई २१२ स्थान माथि उकास्न सफल भएका छन् । अमेरिकी म्यगेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूचीमा चौधरी १,३४९ औं स्थानमा छन् ।

गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १,५६१ औं स्थानमा थिए । फोब्र्सले यस वर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।

चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोब्र्सले जनाएको छ । गत वर्ष उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो । चैधरी चौधरी ग्रुप (सीजी) को प्रमुख हुन् । यो समूहले नेपालमा नबिल बैंक चलाउँछ । यसैमार्फत समेत खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ भने विद्युत, व्यापार र होटल क्षेत्रमा समेत चौधरीको लगानी छ ।

चौधरीको सीजी फुडले उत्पादन गर्ने वाइवाइ चाउचाउ क्षेत्रीय बजारमा समेत चर्चित छ । भारत, सर्विया, बंगलादेश र साउदी अरेबियामा समेत यो चाउचाउको उत्पादन प्लान्ट छ । चौधरी समूहसँग २९ वटा होटल छन् ।

उनका छोराहरुमध्ये निर्वाणले नेपालमा बसेर चौधरीलाई सघाउँछन् भने वरुण र राहुलले नेपालबाहिर बसेर बिजनेस हेर्छन् । उनी हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७