गुल्मीमा माइक्रो बस दुर्घटना, ७ को मृत्यु, ६ घाइते


१३ कार्तिक २०७४, सोमबार

गुल्मी :  बुटवलबाट सदरमुकाम तम्घास  आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा  दुर्घटनामा सात जनाको मृत्यु भएकाे छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो ।\

accident

दुर्घटनामा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो ।
दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको   जानकारी दिए ।   घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उनले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना र  अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 माइक्रोबस दिउँसो सवा १ बजेतिर भिरबाट झण्डै २ सय मिटर तल खसेको थियो। ‘अहिलेसम्म तीन जनाको शव निकालेका छौं,’ घटनास्थलमा रहेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले भने, ‘घाइते पाँच जनालाई उपचारलाई पाल्पा पठाएका छौं, अरुको पनि छन् कि भनेर खोजी गर्दै छौं।’ उनले दुर्घटनाको कारण खुल्न नसकेको बताए।

दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७