हिरोइन् बनिन् तरकारीवाली


१२ कार्तिक २०७४, आईतवार
tarkari wali1

काठमाडौं : गत वर्ष तरकारीवालीको नामले निक्कै चर्चित बनेकी कुसुम श्रेष्ठले फिल्म ‘लम्फुमा अभिनय गरेकी छिन् । विभिन्न सञ्चारमाध्यममा अन्तर्वाताको क्रममा फिल्ममा अभिनय गर्नेबारे सोच नबनाएको बताए पनि उनी अभिनित फिल्म रिलिजको समय नजिकिदै छ ।

tarkari wali1
गोपाल चन्द्र लामिछानेद्वारा निर्देशित फिल्ममा कुसुमले खासमा लम्फू टिमको सामाजिक उत्तर दायित्वको सोच र आफूलाई मास्टर डिग्रीसम्म अध्ययनका लागि निःशुल्क छात्रावृत्ती दिएको कारणले उनले अभिनय गरेकी हुन् ।
कुसुमले सामाजिक कामका लागि आफूले लम्फु चलचित्रमा अभिनय गरेकी बताइन् । उनले चलचित्र अभिनयबाट पाएकी पारिश्रमिक अनाथ बालबालिकाको लागि खर्च गरेकी छन् ।यसै वर्ष प्रदर्श हुने फिल्म लम्फुमा उनको भूमिका कस्तो छ भने खलेको छैन ।
लम्फुको छायाङ्कन अघिल्लो वर्ष नै भएको थियो । तर पनि निर्माण पक्षले कुशुमको अभिनय गोप्य राख्न राखेको थियो । चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा उनले अभिनय गरेको रहस्य खुलेको हो ।
शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको चलचित्र लम्फूमा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७