सोनाहाङ राईलार्इ ‘एभरेष्ट आईडल युके २०१७’को उपाधि 


१२ कार्तिक २०७४, आईतवार
Everest idol 3

बेलायत : बेलायतको गायन प्रतिभाको खोजी ‘एभरेष्ट आईडल युके २०१७’को उपाधि सोनाहाङ राईले जितेका छन् । अल्डरसटको एम्पाएर हलमा २८ अक्टोबर  शनिबार भएको ग्राण्ड फिनालेमा १४ प्रतियोगिहरुलाई पछि पार्दै  उनले उपाधी जित्न सफल भएका हुन् ।

Everest idol 3

‘एभरेष्ट आईडल युके २०१७’ को फस्ट रनर अप निमान तामाङले हात पार्न सफल भए भने दिपप्रकाश राई सेकेण्ड रनर अप बन्न सफल भएका छन् । उपाधिसँगै ‘एभरेष्ट आईडल युके २०१७’को विजेता सोनाहाङ राईले १२ सय पाउण्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथै गित रेकर्डिङ कन्ट्र्याक्ट सहित अन्य बिभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै फस्ट रनर अप निमान तामाङले ५ सय पाउण्डसहित गित रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गरे, भने सेकेण्ड रनर अप दिपप्रकाश राईले २ सय पाउण्डसहित गित रेकर्डिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल भएका छन् । निमान तामाङ म्यानचेष्टरबाट सहभागी भएका थिए भने दिपप्रकाश राई आसफोर्डबाट सहभागी थिए ।

Everest idol 1

‘एभरेष्ट आईडल युके २०१७’को विजेता जर्जको आधारमा ७५ प्रतिशत र अडियन्सको आधारमा २५ प्रतिशतले छनौट गरिएको हो । प्रतियोगिता पहिलो राउण्ड, दोस्रो राउण्ड र तेस्रो राउण्ड गरी तीन चरणमा भएको थियो ।आईडलको निर्णायकमा चर्चित गायिका शर्मिला बर्देवा, विसी राई र सितु खरेल थिए ।
फाईनल राउण्डमा प्रतियोगितले एउटा जर्जले दिएको फिल्मी गीत र आफ्नो च्वाईसको एउटा गीत प्रस्तुत गरेका थिए भने प्रतियोगीहरु विभिन्न विद्यामा फरक फरक गीतहरु प्रस्तुत गरेर दर्शक र निर्णायकको मन जित्न सफल भएका हुन् ।

फाइनल कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत साहित्यकार डा।दुर्गाबहादुर सुबेदी ‘दुबसु’, विशेष अतिथि एनआरएन यूकेका वर्तमान अध्यक्ष योगकुमार फगामीको उपस्थितिमा राईलाई आइडल घोषणा गरिएको थियो ।

आयोजक मिडिया हवको तर्फबाट ईश्वर चाम्लिङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका छन् । कार्यक्रमको सञ्चाल नेहा देवान, नवराज राई र किसन राईले गरेका थिए ।

‘इ मिडिया हब’ युकेद्वारा आयोजित ‘भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल’ कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी र नयाँ प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले ‘एभरेष्ट आईडलको आयोजना गरिएको आयोजकको भनाई छ ।

Everest idol 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७