तमन्ना किन भइन् ऋतिककी फ्यान ?


१२ कार्तिक २०७४, आईतवार
tamannah hrithik

एजेन्सी : साउथ इण्डियन फिल्मका सुपरस्टार अभिनेत्री तमन्ना भाटिया बलिउड अभिनेता ऋतिक रोशनको त फ्यान नै भएकी छिन् । उनले आफू ऋतिकको फ्यान भएको भन्दै उनीसँगको तस्बिर सहित ट्विट गरेकी छिन् ।

tamannah hrithik

एक रियालिटी शोको छायांकनका क्रममा तमन्नाले यशराज स्टूडियोमा अभिनेता रोशनसँग भेट गरेकी उनले  नृत्यका लागि कौशल अरु कोही अभिनेतासँग नभएकाे भन्दै ऋतिकलार्इ देवता नै  भनेकी छिन् ।  उनले त्यसपछि लेखिन्, ‘ऋतिक सधै नै मेरा लागि प्रेरणाको श्रोत बनेका छन् । म उनकै कारण मनोरञ्जन क्षेत्रमा आएकी हुँ । म नृत्य सिक्दै छु, अनी ऋतिक नृत्यका देवता हुन् । यदि, अवसर मिल्यो भने म उनीसँग काम गर्न चाहन्छु ।’

उनले कुनै दिन आफूलाई मनपर्ने अभिनेतासँग भेट गर्ने चाहना राखेको समेत लेखेकी छिन् । ऋतिकलाई भेटेपछि आफूले आफूलाई नै भाग्यमानी ठानेको तमन्नाको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७