कास्कीमा ३१ मतदान केन्द्र थपिए


१२ कार्तिक २०७४, आईतवार
Kaski district

पोखरा : मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ३१ मतदान केन्द्र थपिएका छन्। गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा २८८ मतदान केन्द्र कायम गरिएकामा अहिले ३१९ पुर्‍याइएका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

Kaski district

 

पोखरा–लेखनाथ महानगरपालिकामा सबैभन्दा बढी २१ मतदान केन्द्र थप गरिएको छ। स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा २१० केन्द्र रहेकामा अहिले बढाएर २३१ कायम गरिएको छ।

अन्नपूर्ण गापामा २३, माछापुच्छ्रे गापामा २३, मादी गापामा २५ र रुपा गापामा १७ मतदान कायम गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

ती गापामा क्रमशः २, २, ४ र २ मतदान केन्द्र थप गरिएका छन् । गत साउन १ देखि भदौ ३ गतेसम्म जिल्लामा सञ्चालन गरिएको तस्वीरसहितको थप मतदाता नामावली संकलनमा जिल्लाभरबाट ३० हजार ६४१ मतदाता थपिएका थिए।

गएको असार मसान्तसम्म जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता कायम रहेकामा अहिले मतदाता संख्या दुई लाख ५५ हजार ४५२ पुगेको छ । यसमा पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चारजना छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं। ३ मा ८८ हजार ७१७ मतदाता छन् । प्रदेश क्षेत्र नं १ ९क० मा ५० हजार २८९, ९ख० मा ४५ हजार ७९५, प्रदेश नं २ ९क० मा ३७ हजार ६४३, ९ख० मा ३३ हजार ८, प्रदेश नं ३ ९क० मा ४६ हजार २५२ र ९ख० मा ४२ हजार ४६५ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगर र चार गाउँपालिका रहेका छन् ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७