अायोजना स्थलमै अफिस बस्न घिसिङको निर्देशन प्रवाभहिन


१२ कार्तिक २०७४, आईतवार
kulman

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अायोजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् । यो खबर बिष्णु बेल्वासेले आजको नागरिकमा लेखेका छन्।

kulman

जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन्।

केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ ।

प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो। तर आयोजना प्रमुखहरू त्यस्तो क्षेत्रमा नगइ आफूलाई पायक पर्ने स्थानमा बस्दै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७