त्रिशुली घटनाप्रति राष्ट्रप्रमुखदेखि पार्टीप्रमुखद्वारा दुःख व्यक्त


१२ कार्तिक २०७४, आईतवार
Trisuli accident 1 1

काठमाडौं : धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा  बिहान भएको दुर्घटनामा मृतकको संख्या ३१ पुगेको छ । ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृतक अधिकांश सप्तरीका छन् ।

Trisuli accident 1 1

दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नंं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नंं १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का छ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा न।ं ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी छन् ।

दुर्घटनामा मृत्यु भएका गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।

यसैगरी सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददेव, सिरहा नपाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको छ ।

Trisuli accident 2

घटनाप्रति दुःख व्यक्त
त्रिशुली  घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले  दुःख व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।
यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले दुःख व्यक्त गरेका छन् ।  पुनले एक शोक वक्तव्य प्रकाशित गर्दै त्रिशूली नदीमा बस खसेर दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरे ।  उनले उक्त दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले   घटनाप्रति दुःख व्यक्त गरेका छन्  । प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिदै सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिए  ।

एमाले र माओवादी केन्द्र दुःखित
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी दिवंगत भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति दुवै पार्टीले गहिरो समवेदना प्रकट गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक शोक वक्तव्य प्रकाशित गर्नु भई शोकाकूल परिवारजनमा समवेदना प्रकट गरे । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको शोक वक्तव्यमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए  ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा गम्भीर पहल गर्न सरकारसँग माग गर्दै उद्दार र उपचारको आवश्यक पहल गर्न पार्टी पक्तिलाई निर्देशनसमेत दिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७