अपडेट : त्रिशूली बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३० पुग्यो


११ कार्तिक २०७४, शनिबार
accident

धादिङ :  राजविराजबाट काठमाडाैं आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्दा मृत्य हुनेको संख्या ३० पुगेको छ ।शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये ३० जनाको शव निकालिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । bus accidnt

 मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका जानकारी दिए ।
मृत्यु हुनेहरुमा बालबालिकाहरु उल्लेख्य छन् । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।
राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।
घाइतेको अनुसार छत्र र बस भित्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए । अहिलेसम्म १६ जना घाइतेको उद्दार गरिएको छ । बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।


राजविराजबाट काठमाडाैं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । 

accident

मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् ।

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन् ।

हालसम्म सनाखत भएका ९ जना मृतकको नामावली 

नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा -सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवन बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी

दुर्घटनाका घाइतेहरुको नामावली
अमन ठाकुर – राजबिराज न पा. – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२
उद्द्ब ठाकुर – – राजबिराज न पा . -२
दिवस कान्त पन्डित – सिराह भगवानपुर -१
दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९
दुर्गा नन्द यादब – राजबिराज न पा . -९
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार – सप्तरी राजविराज
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७