काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा डुबेर बेपत्ता
काठमाडौं : राजविराजबाट काठमाडौं आउँदै गरेको एउटा धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । ना ६ ख १४६७ नम्बरको बस सडकबाट धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो ।
बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।
राजविराजबाट यात्रु लिएर आएको बस हेटौंडामा आएर अर्को बसमा यात्रु हालेर पठाइएको थियो।