जन्मघर गाेरखामा डा. देवकोटा (फोटोफिचर)
गोरखा, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन प्रा.डा.उपेन्द्र देवकोटालाई आफ्नो जन्मघर गोरखाको पालुङ्गटार नगरपालिका–३, बोहरागाउमा ल्याइयाे । पित्तनलीको क्यान्सरका कारण गम्भिर अवस्थामा बासवारीस्थित न्यूरो अस्पतालमा उपचारत डा. देवकोटालाई जीवनको अन्तिम क्षण जन्मघरमै बिताउने बताएपछि हेलिकप्टरबाट गोरखा ल्याइएकाे हो ।
दिउँसो दुई वटा हेलिकप्टर देवकोटाको घर नजिकै बोहोरा गाउँमा ल्याण्ड गरिएकाे थियो । एउटा हेलिकप्टरमा देवकोटा थिए भने अर्कोमा उनका सहयोगिहरु आएका थिए ।
ल्याण्ड भएको करिब १५ मिनेटपछि उनलाई स्ट्रेचरमा बोकेर घरमा पुर्याएका थिए । त्यसपछि उनले आफ्नो पुर्खौली घरमा भेला भएका शुभेच्छुक, आफन्त र गाउँलेहरुलाई मुस्कुराएर अभिवादन गरे ।
डा. देवकोटाले आफ्ना गाउँलेहरुलाई हेर्दै मुस्कुराईमात्र रहे तर केही बोलेनन् । उनीसँगै थिए श्रीमती डा. मधु र छोरीहरु मेघा, बसुधा र मन्जरी गएका थिए ।
केही महिनादेखि बेलायतमा उपचाररत रहेको देवकोटा उपचार थप जटिल भएपछि बाँकी जीवन नेपालमै बिताउने इच्छा अनुसार फर्किएका थिए ।
बेलायतबाट फर्किएपछि उनकै अगुवाईमा स्थापना भएको बाँसवारी स्थित न्यूरो अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । उनी मंसिर ५ गते थप उपचारका लागि बेलायत गएका थिए।
डा. देवकोटालाई गत कात्तिकमा स्वास्थ्य समस्या देखिएको थियो। उनलाई सूरुमा ग्यास्ट्राइटिस, केही दिनपछि सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको देखिएको डा. देवकोटा आफैंले बताएका थिए ।
बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तथैली) मा क्यान्सर प्रमाणित भएको थियो।
याे पनि पढ्नुहाेस्
डा. देवकोटाको स्वास्थ्यमा सुधार, उपाधि ग्रहण गर्दे भने, ‘आइएम ह्याप्पी’
डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिँदै, गाउँकै सिस्नेधाराको पानी पिउने चाहना