२६ वर्षमै कसरी अर्बपति बने जोन कोलिसन ?


१० कार्तिक २०७४, शुक्रबार
john collison1

२६ वर्षको उमेरमा आफ्नै क्षमताले अर्बपति बन्ने व्यक्ति संसारमा दुर्लभ छन् । यो उमेरमा त अधिकांश युवा पढाइमै व्यस्त हुन्छन् । कतिपय भने अध्ययन सकेर जागिरको सुरसार गरिरहेका हुन्छन् । तर, आयरल्यान्डका जोन कोलिसन २६ वर्षको उमेरमा अर्बपतिको सूचीमा परेका छन् । जोन पैतृक सम्पत्तिले अर्बपति बनेका युवा होइनन् । आफ्नै मिहिनेतले यो सफलता चुमेका हुन् । अर्बपतिको नाम सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले उनलाई ‘युथ सेल्फ मेड बिलिनियर’ २०१७ को सूचीमा राखेको छ ।

john collison1

यो उमेरमै जोन कसरी अर्बपति बने ? उनको सफलताको कथा केही गर्न चाहने संसारका ऊर्जावान् युवाका लागि पाठ बन्न सक्छ । उनी अनलाइन पेमेन्ट कम्पनी सञ्चालक हुन् । उनको कम्पनीको नाम हो ‘स्ट्रिप’ । सन् २०१० मा संस्थापक भएर यो कम्पनी सुरु गरेका हुन् । उनको यो कम्पनीले सात वर्षमा हिँड्दै गर्दा एक लाखभन्दा बढी कम्पनीलाई सेवा दिइरहेको छ।

जोनले सबैभन्दा पहिले आफ्ना दाइसँग मिलेर अक्टोमेटिक नामको स्टाटअफ सुरु गरेका थिए । जोनले यो कम्पनी सुरु गर्ने ‘आइडिया’ दक्षिण अफ्रिका भ्रमणका वेला प्राप्त गरेका थिए । उनले त्यो भ्रमण दाइ पेट्रिकसँग नै गरेका थिए । भ्रमणबाट फर्केलगत्तै कम्पनी स्थापना गरे, दाइकै सहयोगमा । अक्टोमेटिक कम्पनी सन् २००८ मा उनले ५ मिलियन अमेरिकी डलरमा बिक्री गरिदिए । उनी १९ वर्षको उमेरमा करोडपति भइसकेका थिए ।

हाल जोनको कम्पनी स्ट्रिपमा साढे पाँच सय व्यक्तिले रोजगारी पाएका छन् । उनको कम्पनीको कारोबार २५ देशमा फैलिएको छ । अहिले उनको कम्पनीको पैसाको हिसाब नेपालीमा निकाल्दा लगभग १० खर्ब रुपैयाँ बराबरको मूल्यांकन हुन्छ । ‘पाइलट’ जोनको सोख हो । हवाईजहाज उँडाउने लाइसेन्स पनि छ, उनीसँग । एकान्त पहाडतिर डुल्न रुचाउने उनी प्रायः बिहानपख साइकल या मोटरसाइकल चढेर घुम्न निस्किन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७