संसद विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलन घोषणा : प्रदेशदेखि वडास्तरसम्म प्रदर्शन


१९ पुष २०७७, आईतवार
Nepali congress scaled
nlntk’/, !( k’;M g]sf s]Gb|Lo sfo{ ;ldlt a}7s g]kfnL sfFu|];sf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं, १९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका थपआन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट थप सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको उनको भनाई छ ।

Nepali Congress CCM

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।यसअघि कांग्रेसले गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७