बिर्तामोड तनावग्रस्त : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अाठ घाइते


१० कार्तिक २०७४, शुक्रबार
jhapa birtamodd

सुरुङ्गा (झापा) : अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । 

jhapa birtamodd

बालक लक्ष्मण शिवाकोटीको मृत्य प्रकरणको छानबिन गर्न माग गर्दै शुक्रबार निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप  गरेपछि  झडप भएको हाे । शनिश्चरे रोडबाट सुरु भएको र्‍यालीलाई बिर्तामोडको मुक्ति चोकमा प्रहरीले रोकेपछि तनाव  सिर्जना भयाे । प्रहरीको अवरोधबीच जुलुस अघि बढ्दा भएको झडपमा कम्तीमा ८ जना घाइते भएको बताइएको छ ।

 प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । शनिश्चरे रोडबाट निकालिएको ¥याली विर्तामोडको मुक्ति चोक पुगेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो । स्थानीयवासी थप आन्दोलित भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । प्रहरी उपरीक्षक विष्णु केसीले प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७