प्रतिनिधिसभाको लागि मोरङ–४ बाट विनोद ढकाल सर्वसम्मत सिफारिस


१९ भाद्र २०७९, आईतवार
Binod Dhakal

विराटनगर : मोरङ क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३७ वर्षदेखि राजनीतिमा सक्रिय छन् । भोजपुरबाट एसएलसी पास गरी मोरङ आएदेखि उनी निरन्तर राजनीतिमा सक्रिय छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएर देशव्यापीरुपमा स्थापित भएका ढकाल एमाले मोरङको जिल्ला सचिव, जिल्ला अध्यक्ष भइसकेका छन् ।

उनी यसपटक मोरङ क्षेत्र नम्बर ४ बाट संसदमा विजय हुने निश्चित भएको एमाले कार्यकर्ताहरु बताउँछन् । एमालेका कार्यकर्ताहरु यसअघि नै संसद भइ मन्त्री भईसक्नुपर्ने नेताका रुपमा ढकाललाई हेदर्छन् ।

जिल्लामा विकास निर्माणका लागि केन्द्रमा बजेट ल्याउन लबिङ गर्ने र मोरङको विकासका लागि पर्ने नेताका रुपमा परिचित ढकाल आफूले गरेको काम अरु जस्तो प्रचार गर्ने नेताका रुपमा छैनन् ।

सामान्य परिवारका मानिसहरुलाई सहयोग गर्नेदेखि कार्यकर्ताको हरेक दुख सुखमा साथ दिने एक मात्र नेताका रुपमा ढकाल चिनिन्छन् 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७