के हुँदैछ पेट्रोलियम पाइपलाइन विस्तार कार्य ?


९ कार्तिक २०७४, बिहीबार
oil pipeline पाइपलाइन

काठमाडाैं : लामो समयदेखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ । आजको कारोबारमा खबर छ ।

oil pipeline पाइपलाइन

इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो ।

आइओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस ९विद्युतीय सामान० र इन्स्टुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार,
-पाइपलाईन बिस्तारको काम अगाडि बढ्न लागेको छ ।
-आइओसीले आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ ।
-आगामी नोभेम्बर भित्र पाइप भित्रिसक्ने छ ।
-अनि विस्तारको काम अगाडि बढ्ने छ ।

अमलेखगन्जदेखि पथलैयासम्म सडकको बाटोमा १२ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ ।
बाटोमा पर्ने ८ सय ९ बटा सबजुलीको पोल हटाउनुपर्ने छ । ९२ सय वटा हटाइसकिएको छ ।०

पहिलो चरणमा मोतीहारीबाट रक्सोलसम्म ३५ र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाईन बिच्छ्याइने छ ।

दोस्रो चरणमा चितवनसम्म विस्तार गर्न आइओसी तयार भएको निगमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७