नेपाली खानालाई विश्वव्यापीकरण गर्ने तयारी


९ कार्तिक २०७४, बिहीबार
Nepali food

 काठमाडौं : विश्वको ८० भन्दा बढी मुलुकमा फैलिएका नेपाली र तिनले सञ्चालन गर्ने नेपाली रेस्टुराँमार्फत रैथाने नेपाली खानालाई विश्वव्यापीकरण गरिने भएको छ ।

Nepali food

होटल संघ नेपाल ९हान० लगायतका संस्थाहरुको पहलमा यो अभियान थालिने भएको हो । हानका अनुसार, हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख ३ महिनाभित्र तयार गर्न एउटा कार्यदल बनाइएको छ ।

कार्यदलले संकलन गरेको अभिलेखमध्येबाट २० मौलिक नेपाली खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण तयार पारिने भएको छ । आवश्यक सामाग्री, पकाउने विधिसमेत राखेर पुस्तक बनाई ग्लोवल वेबसाइट, एपलगायतका सामाजिक सूचना सञ्जालमार्फत सार्वजनिक गरिनेछ ।

छनोट गरिएका २० मौलिक नेपाली खानालाई नेपाल पर्यटन बोर्ड, नेपाली नियोगहरु लगायतका सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवर्द्धन गरिने पनि हानले जनाएको छ ।

–कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७