बाम गठवन्धन विरुद्धका बागी रामेछापका उम्मेद्धारले उम्मेदवारी फिर्ता लिए


८ कार्तिक २०७४, बुधबार
ramechhap bam gatbandan

रामेछाप : बाम गठवन्धनविरुद्ध प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि बागी उम्मेदवारी लिएका माओवादी नेताहरु उम्मेदवारी फिर्ता लिनका छन् ।

ramechhap bam gatbandan

काठमाडौंबाट हेलिकप्टर चार्टर गरी मन्थली आएका उनीहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । मंगलबार पार्टीका उच्च तहका नेताहरुसँग वार्ताका लागि काठमाडौं गएका थिए ।

बिनाविभागीय राज्यमन्त्री तथा प्रतिनिधिसभाका लागि बाम गठवन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठ विरुद्ध बागी उम्मेद्धार हालेका पूर्व सभासद लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार हेमन्त पौडेल र २ बाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका मैनकुमार मोक्तान (मदन) फिर्ता लिए ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुरुङ र राप्रपा (प्रजातान्त्रिक)बाट उम्मेदवारी दर्ता गराएका लालबहादुर घिसिङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका पौडेल र राप्रपा (प्रजातान्त्रिक)का दिपबहादुर प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका मोक्तान, पेम्बादोर्जे तामाङ र रामकुमार लामाले मनोनयन फिर्ता लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७