इभरेष्ट आइडल युकेको फिनालीको तयारी पुरा


७ कार्तिक २०७४, मंगलवार
everest idol

काठमाडौँ : नेपालमा गायन क्षेत्रमा नयाँ चम्किला प्रतिभा खोजीका लागि ‘नेपाल आइडल’को चर्चासँगै बेलायतको युकेमा पनि नयाँ गायन प्रतिभाको खोजी भइरहेको छ । बेलायतमा ‘इ–मिडिया हब’ युकेद्वारा आयोजित ‘भ्वाईस अफ नेपाली डायस्पोरा एभरेष्ट आइडल’ कार्यक्रमबाट प्रवासी गायन प्रतिभाको खोजी भइरहेको हो ।

everest idol
यति बेला ‘एभरेष्ट आइडल’को चर्चासंगै बेलायतमा लोकप्रियता पनि हाँसिल गरिरहेको छ । १६ सेप्टेम्बर (भदौ ३१ ) मा बेलायतको आस्फोर्डको नर्टोन नाचबुल स्कुलमा भएको सेमीफाईनल राउण्डबाट एभरेष्ट आइडलका लागि उत्कृष्ट १४ फाईनलिष्ट चुनिएका छन् ।
फाईनलिष्टहरुमा सोनाहाङ राई, मिरु चन्द, निमन तामाङ, दिपप्रकाश राई, किरन गुरुङ, प्रवेश राई, मार्गरेट लिम्बु, आइती गुरुङ, सुमी राई, लच्छु शेर्पा, काशी राई, सकुन सुनुवार, नन्दिका राई र मनोज गुरुङ रहेका छन् । यी प्रतिस्पर्धीहरुमध्ये सबै आ–आफ्नो क्षमताले भरिएका प्रतिभावान कलाकारहरू रहेको निर्णायकहरुको भनाई छ ।
आगामी २८ अक्टोबर (कार्तिक ११) मा फाईनल राउण्ड हुने प्रतियोगितामा कसले जित्ला भन्ने चर्चा र चासो बढिरहेको छ ।युकेको बहुप्रतिक्षित गायन प्रतियोगिता ‘एभरेष्ट आईडल युके २०१७’ को ग्राण्ड फिनाले अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुनेले १२ सय पाउण्ड र गीत रेकर्डिङ कन्ट्र्याक्ट सहित विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । दोस्रो हुनेले ५ सय पाउण्डसहित गीत रेकर्डिङ र अन्य गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन् । यसै गरी तेस्रो हुनेले २ सय पाउण्डसहित गीत रेकर्डिङ र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

आइडजलका निर्णायक गायिका शर्मिला बर्देवा, गायिका सितु खरेल रिमाल र गायक गीतकार तथा सङ्गीतकार बिसी राई निर्णायक रहने उक्त ग्राण्ड फिनालेमा उपस्थित दर्शक तथा निर्णायकको भोटको आधारमा विजेता घोषित गरिने छ ।
फिनालीमा युकेका लागि नेपाली राजददूत डा. दुर्गा बहादुर सुबेदी (दुबसु), पप गीतका प्रबर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए युकेका अध्यक्ष, युकेका विभिन्न सङ्घ संस्थाका प्रमुख र प्रतिनिधि, युकेमा रहेका गायक, गीतकार र सङ्गीतकारको उपस्थिति रहनेछ ।
उत्साहित रूपमा गिती लेखनमा ख्यातीप्राप्त गीतकार नीलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक, सङ्गीतकार तथा गीतकार बिसी राईलगायतले आईडल विजेता र टप थ्री प्रतिस्पर्धीलाई गीत रेकर्ड गरिदिने प्रायोजन प्राप्त भएको जानकारी दिए ।
एभरेष्ट आईडल युकेका किसन राईका अनुसार ग्राण्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको छ । ‘कार्यक्रमका लागि टिकट बजारमा उपलब्ध गराई सकेका छौँ, कार्यक्रमकै दिन प्रवेशद्वारमा पनि टिकट उपलब्ध गराईने छ ।’ उनले भने,‘ कार्यक्रम स्थल प्रवेश गरेर मन परेको प्रतियोगीलाई भोट गर्न सकिनेछ ।’
आफूले मन पराएको प्रतियोगीलाई भोट गर्न टिकट आवश्यक पर्ने जानकारी दिँदै बजार व्यवस्थापन टिमका प्रमुख प्रेम गुरुङले भिआईपि टिकट पनि उपलब्ध रहेको जानकारी दिए ।
ईएमएच लिमिटेड युकेका सिईओ ईश्वर चाम्लिङले भने,‘यो पटक हतारमा सीमित श्रोत र साधनका बिच कार्यक्रम आयोजना भए पनि आशा गरे भन्दा धेरै राम्रोसँग कार्यक्रम भएकोमा खुसी लागेको छ ।र यो कार्यक्रम हाम्रो लागि निकै नै एउटा ऐतिहासिक रहेने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७