खुमबहादुरको विश्वास पात्र बस्नेतलाई गृहको जिम्मा


७ कार्तिक २०७४, मंगलवार
home minister basnet 3285

काठमाडौं, ७ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले आफु निकट मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन् । माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै गृह र परराष्ट्र मन्त्रालय आफू मातहत राखेका प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई नयाँ जिम्मेवारी दिएका हुन् ।

home minister basnet 3285

उनले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् । बस्नेत भ्रष्टचार गरेको प्रमाणित भएपछि जेल बसेर निस्किएका खुमबहादुर खड्काका विश्वास पात्र हुन् ।

यस्तै, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । गृहमा राप्रपाका कमल थापाले दाबी गरेका थिए । तर, उनलाई उर्जा मन्त्रालयमै सिमित राखिएको छ । बस्नेत देउवाका बिश्वासपात्र मन्त्री हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७