विश्वकै उत्कृष्ट टिमको फरवार्डमा रोनाल्डो, मेस्सी र नेइमार


७ कार्तिक २०७४, मंगलवार
best team of football 2017

काठमाडौं : विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष २०१७ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।   लण्डनमा भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत ‘द फिफा फिफप्रो वल्र्ड इलाभेन २०१७’ सार्वजनिक गरेको हो ।

best team of football 2017

विश्वभरका फुटबल खेलाडी तथा अधिकारीको मतका आधारमा टिममा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेइमारसहितका खेलाडी परेका छन् ।  टिममा रियल मड्रिडका पाँच, बार्सिलोनाका दुई, पिएसजीका दुई, युभेन्टसका एक र एसी मिलानका एक खेलाडी परेका छन् । अघिल्लो वर्ष टिममा परेका लुइस स्वारेज, म्यानुएल नुएर र जेराड पिके भने यसवर्षको उत्कृष्ट टिममा समावेश छैनन् ।

 यसैबीच  फिफा वर्ष उत्कुष्ट खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डोले जिते ।  यस वर्ष रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

वर्ष टिममा को को परे ?
गोलरक्षक : जियानलुइजी बुफोन
डिफेन्डर : डानी एल्वेस, सर्जियो रामोस, लियोनार्दो बोनुसी र मार्सेलो
मिडफिल्डर : लुका मोड्रिक, टोनी क्रुस र आन्द्रेस इनिएस्टा
फरवार्ड : क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेइमार

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७