रोनाल्डोलार्इ फिफा वर्ष उत्कुष्ट खेलाडीको अवार्ड, कुन अवार्ड कसले जिते ? (सूचीसहित)


७ कार्तिक २०७४, मंगलवार
cristiano ronaldo 1

काठमाडौं (एजेन्सी) : स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् ।  यस वर्ष रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

cristiano ronaldo 1

 

सोमबार राति लन्डनमा भएको भव्य समारोहमा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो। यो सँगै रोनाल्डोले पाँचौ पटक अवार्ड जितेर लिओनल मेसीको कीर्तिमानसँग बराबरी गरेका छन्। फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।

३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । रियल म्याड्रिडले फिफा क्लब विश्वकप २०१६ को उपाधि जितेको थियो। जापानिज क्लब कासिमा एन्टलर्सविरुद्धको फाइनलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका थिए।

रियलले ५ वर्षपछि गत सिजन ला लिगाको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो। ३२ वर्षीय फरवार्ड रोनाल्डोले लिगमा २५ गोल गरेका थिए। उनले लिगका अन्तिम पाँच खेलमा पाँच गोल गरेपछि रियलले ३३औं ला लिगाको उपाधि जितेको थियो।

रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगमा १२ गोल गरे। उनले युभेन्ट्सविरुद्धको फाइनलमा २ गोल गरेका थिए। रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगमा सय गोल पूरा गरेर इतिहास समेत रचेका थिए। रोनाल्डोले रियलका लागि चौथो पटक च्याम्पियन्स लिगको ट्रफि उचाले।

यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड पाएका छन् । जिदानले युभेन्टसका मासिमिनियानो एलेग्री र चेल्सीका एन्टोनियो कोन्टेलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएका हुन्।

cristiano ronaldo and jinedhan jidan

उत्कृष्ट महिला खेलाडीको अवार्ड बार्सिलोनाकी डच खेलाडी लिके मार्टिन्सले जितिन्। उनले फ्लोरिडाकी डेएना कास्टेलानोस (भेनेजुएला) र म्यानचेस्टर सिटीकी कार्ली लोयड (अमेरिका)लाई पछि पारेकी हुन्।

यसैगरी महिला टिमको प्रशिक्षकको अवार्ड नेदरल्यान्ड्स राष्ट्रिय टिमकी सारिना विग्मानले पाइन्। उत्कृष्ट गोलकिपरको अवार्ड इटालियन क्लब युभेन्ट्सका बुफोनले हात पारे। उनले रियल म्याड्रिडका केलर नाभास ९कोस्टारिका० र वायर्न म्युनिखका म्यानुयल नेउर (जर्मनी) लाई पछि पारे।

उत्कृष्ट गोल गरे बापत प्रदान गरिने पुस्कस अवार्ड आर्सनलका स्ट्राइकर ओलिभर जिरुडले हात पारे भने स्कटिस क्लब सेल्टिकका समर्थकले फ्यान अवार्डको पुरस्कार जिते । फेयर प्ले अवार्ड टोगोका फ्रान्सिस कोनेलाई दिइयो।

यस्तै उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड आर्सनलका फ्रेन्च फरवार्ड ओलिभर जिराडले जितेका छन् । आर्सनलका जिराडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाएका हुन् । उनले गएको जनवरीमा क्रिष्टल प्यालेसविरुद्ध गरेको गोल उत्कृष्ट भएको हो । उनले गरेको गोललाई ‘स्क्रोपिओन किक’ नाम दिइएको छ ।

कुन अवार्ड कसले जिते ?

पुरुष खेलाडी – क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – रियल रियल म्याड्रिड
महिला खेलाडी – लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष टिमको प्रशिक्षक – जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक– सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर – बुफोन (इटाली) – युभेन्ट्स
पुस्कस अवार्ड – ओलिभर जिरुड – आर्सनल
फ्यान अवार्ड – सेल्टिक समर्थक
फेयर प्ले अवार्ड – फ्रान्सिस कोने – टोगो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७