सुनसरीको बाढीपीडितलाई प्रदेश नं. १ तमु गुरुङ समाज हङकङको सहयोग
बेलबारी(मोरङ) : सुनसरीको बाढीपीडितलाई प्रदेश नं. १ तमु गुरुङ समाज हङकङले तीन लाख ३६ हजार रुपैयाँ नगद प्रदान गरेको छ । सोमबार इटहरी उपमहानगरपालिकामा राहात वितरण कार्यक्रम गरेर गुरुङ समुदायको मोरङका नाैं र सुनसरीको सात गरी १६ बाढीपीडित परिवारलाई २१ हजार रुपैयाँको दरले नगद प्रदान गरेको हो ।
कार्यक्रममा तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिव खम्बासिहं गुरुङले विदेशमा भएका तमुहरुकाे दु:ख गरी आर्जन गरेको पैसा नेपालका तमुहरुलाई आपत्ति पर्दा सहयोग गर्नु जहाँ रहे पनि तमुहरूको भावना एक रहेको सन्देश दिएकाे बताए । पीडितहरुले प्रदेश नं. १ तमु गुरुङ समाज हङकङले प्रदान गरेको रकमको सही सदुपयोग गर्नु पर्न बताउँदै गुरुङ समाज हङकङलाई धन्यवाद दिए ।
प्रदेश नं. १ तमु गुरुङ समाज हङकङका कोषाध्यक्ष विष्णु गुरुङले नेपालमा आपत्ति पर्दा गुरुङ समाज हङकङले सम्भव भए सम्म सधैँ साथ र सहयोग रहने बताए । कोषाअध्यक्ष गुरुङले संकलित रकम धेरै नभएकोले पीडित सबैलाई सहयोग गर्ने मन भए पनि असामथ्र्य रहेको बताएका छन् ।
यस्तै समाजका अध्यक्ष हेमप्रताप गुरुङले बाढीबाट पीडितहरूलार्इ केही राहत मिलाेस भनेर सहयोग गरेको बताए । उनले भने, ‘देशमा गएको बाढीले धेरै धनजनको क्षति भयो, त्यो दुःखले विदेशमा रहेको हामिले पनि केही राहत हुन सक्छ कि भन्ने लागेर सहयोग गरेका हौँ ।
मोरङ र सुनसरीको बाढीपीडितहरुलाई सहयोग गरेकोमा कार्यक्रममा बोल्दै अन्य वक्तहरुले पनि प्रदेश नं. १ तमु गुरुङ समाज हङकङलाई धन्यवाद दिए । कार्यक्रम तमु ह्युला छोंज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला मोरङका अध्यक्ष मनकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।