रोङ गाउँपालिका-३मा आगलागी, २० लाखको क्षति


६ कार्तिक २०७४, सोमबार

इलाम: रोङ गाउँपालिका–३ कुटीडाँडामा आज अपराह्न ३ बजेतिर विद्युत चुहिई आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।aaglagi 1

स्थानीयवासी विमल खवासको घरबाट लागेको आगलागीबाट घरमा रहेका लत्ताकपडा, मालसामान सबै नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र सूर्योदय नगरपालिकाको दमकलको सहायताले करिब एक घण्टापछि आगलागी नियन्त्रणमा आएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए ।

आगोले छिमेकी कर्णाखर बाँस्कोटाका घरमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट खवासको एकतले टिनको छाना भएको घर पूर्णरूपमा ध्वस्त भएको छ ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७