झापा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ नै चुनाव लड्छुः कृष्णप्रसाद सिटौला


६ कार्तिक २०७४, सोमबार
Krishna Prasad sitaula कांग्रेस नेता सिटौला

सुरुङ्गा(झापा) : समानुपातिकमा बस्ने हल्ला चलिरहेकाे बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका छन् ।  बाह्रदशी गाउँपालिकामा साेमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी मंसिर २१ गते हुने झापा क्षेत्र नं ३ बाट आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने र समानुपातिकमा नजाने स्पष्ट पारेका हुन् ।

Krishna Prasad sitaula कांग्रेस नेता सिटौला

 व्यक्तिगत अवसरका लागि आफूलाई केहीले नछेकेको बताउँदै उनले भने, “हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।”

उहाँले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र उहाँले देशभरि घुम्नुहोस् चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७