योगेश भट्टराई : ताप्लेजुङको पर्यटन र संस्कृतिको ‘ब्रान्ड एम्बेसडर’


२७ कार्तिक २०७९, आईतवार
Yogesh Bhattrai

ताप्लेजुङ : आम मान्छेलाई यस्तो लाग्छ, मुलत नेताहरु सुखी हुन्छन् । तर होइन । नेताका दुःख अनेक हुन्छन् । नेता हुनुको दुःख । टिकट पाउनु झन् दुःख । माननीय भइसकेकोपछिको महादुःख । जनताको माग एकातिर हुन्छ, सिंहदरबारको बाध्यता र सिमा अर्को । संसदमा जनताको कुरा चर्को गरी उठायो, मिडियाले महत्व दिदैनन् । नेताहरुको गुनासो हुन्छन्, ‘सञ्चारले समेत हाम्रो कुरा सुनेन ।’

यस्ता अनेक दुःख । यसप्रकारको दुःखबाट केही नेताहरु मुक्त भइसकेका हुन्छन् । अर्थात् यस्ता केही नेताहरु छन्, जसले बोलेको कुरालाई सिंहदरबार र आमसञ्चार दुबैले महत्व दिन्छन् । आम सञ्चार मात्रै होइनन् सामाजिक सञ्जालमा केही लेख्दा वा बोल्दा समेत त्यो बिषयले महत्व पाउछ ।

ती मध्येका एक हुन्, नेकपा (एमाले)का सचिव योगेश भट्टराई । जो सामाजिक सञ्जालमा धेरै पछ्याइने नेताहरु मध्येमा पर्छन् । उनलाई ट्विटरमा ४ लाख ६० हजारले पछ्याएका छन् । फेसबुकमा ३ लाख ६२ हजारले मन पराएका छन् । भर्खरै सुरु गरेको टिकटकमा २२ हजारले पछ्याइसकेका छन् । उनले एक साथ कुनै सामग्री पोष्ट गर्दा एकैपटक १० औं लाखको विचमा पुगिहाल्छ ।

उनले आफ्नो यो लोकप्रियतालाई जिल्लाको हितमा भरपुर प्रयोग गरेका छन् । धेरैले भन्छन्, ‘ताप्लेजुङको पर्यटन र संस्कृति प्रबद्र्धनका लागि योगेशले ‘ब्रान्ड एम्बेसडर’को पनि भूमिका खेलेका छन् ।’ ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा संस्कृतिक स्थल पाथीभरा/मुकुलुङमा कुनै सार्वजनिक पद व्यक्ति जान्छन्, ‘उहाँ पुग्नु भयो, स्वागत छ भनेर तस्बिर पोष्ट गर्छन् ।’ जिल्लाको कुनै पर्यटकीय थलोमा पुग्छन्, त्यसको महत्व सहित तस्बिर पोष्ट गर्छन् । सांस्कृतिक र पर्यटकीय थलोहरुको प्रचार प्रसार र प्रबद्र्धनमा योेगेशले ‘ब्रान्ड एम्बेसडर’को रुपमा पनि काम गरेको स्थानीयहरुको भनाई छ ।


पर्यटन र संस्कृतिमा जोड
त्यसो त योगेशले जिल्लाको विकासको लागि पर्यटनमा जोड दिदै आएका छन् । जिल्लाको प्राकृतिकस्थलहरु, सांस्कृतिक सम्पदाहरु र संस्कृतिलाई त्यसको आधार मानेका छन् । उनले गएको ५ वर्षमा पर्यटन र संस्कृतिको लागि करोडौं बजेट पठाए ।

उनले पाथीभरा-मुकुलुङ खानेपानी आयोजना ८ करोड २२ लाख, पाथीभरा/मुकुलुङ मन्दिरमा स्वास्थ्य उद्धार केन्द्र तथा चमेनागृह निर्माण २ करोड ३० लाख, मन्दिर संरक्षण तथा सम्बद्र्धन १ करोड, पैदल मार्ग ट्रष्ट निर्माण ८० लाख, विश्राम गृह निर्माण २४ लाख, मन्दिर परिसर संरक्षण कार्यक्रम १ करोड बजेट विनियोजन गराए ।

यसैगरी पाथीभरा क्षेत्र विकास समितिको अनुदानमा बृद्धि गरेर बार्षिक १ करोड १० लाख बनाए । मन्दिर सतल निर्माण तथा संरक्षण ४५ लाख पठाए ।

कञ्चनजंघा हिमालको फेदमा रहेको खम्बाछेनमा ‘रिसर्च सेन्टर’ स्थापना ५ करोड, तिम्बुङ पोखरी क्षेत्रमा पदमार्ग, होमस्टे तथा संरक्षण र सम्बद्र्धन १ करोड ३५ लाख, फङफङदेन झरना पर्यटकीय क्षेत्रको सम्र्बद्धनका लागी १ करोड ३५ लाख बजेट बिनियोजन गराए । ताप्लेजुङको कुनै पनि यस्ता पर्यटकीयस्थल छैनन् जहाँ बजेट परेन ।

Yogesh Bhattarai 3


संस्कृतिमा पनि
जिल्लाको लिम्बु समुदायको सांस्कृति स्थल र सम्पदाहरुको संरक्षणको निम्ती पनि उनले दर्जनौं आयोजनाहरु पठाए । यसैगरी आदिवासी जनजाती उत्थान भवन, सिनाम फुङलिङ न.पा पुरातात्विक भवन संरक्षण, लिम्बु संग्रहालय पूर्वाधार निर्माण पेदाङ, सिरीजंघा लम्बु संग्रहालय मामाङखे, सिरीजंघा फक्तालुङ माङहिम फक्तालुङ, माङ्गेना यक पूर्वाधार विकास साँवा, मिक्वाखोला युमा साम्यो मुन्धुम हिम फाकुमबा, मैवाखोला लगायतका दर्जनौं सांस्कृति स्थलमा उनले बजेट पठाए ।

गुम्बा संरक्षण तथा सम्बद्र्धनका लागि करिब दुई दर्जन बढी आयोजना पठाए । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिसँगै पयर्टन र संस्कृतिको क्षेत्रमा पनि करोडौै बजेट पठाएका थिए । आगमी निर्वाचनको लागि घरदैलो गर्दै गर्दा पर्यटन र संस्कृतिको विकासको लागि उसैगरी आफू लाग्ने बताएका छन् ।

उनले भनेका छन्, ‘जिल्लाको सांस्कृतिक क्षेत्रहरूको संरक्षण र विकासमा हाम्रो निरन्तर प्रयत्न रह्यो । ऐतिहासक महत्व बोकेका धार्मिक स्थलहरू, लिम्बू संग्राहलय, मांगेनायाकहरू, माङ्हिमलगायतको संरक्षण तथा विकासमा बजेटको व्यवस्था गरेका छौं । ऐतिहासिक तथा पुरातात्विक दिकीछ्योलिङ गुम्बादेखि अन्य गुम्बाहरूका साथै सबै जाति तथा समुदायका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धनमा ध्यान पु-याएका छौं ।’

Gumba

पर्यटन तर्फ भट्टराईले लगेको बजेट
पाथीभरा/मुकुलुङ खानेपानी आयोजना ८ करोड २२ लाख
 पाथीभरा/मुकुलुङ मन्दिरमा स्वास्थ्य उद्धार केन्द्र तथा चमेनागृह निर्माण २
करोड ३० लाख
 पाथीभरा/मुकुलुङ मन्दिरे संरक्षण तथा समबद्र्धन १ करोड
 पाथीभरा/मुकुलुङ पैदल मार्ग ट्रष्ट निर्माण ८० लाख
 पाथीभरा/मुकुलुङ विश्राम गृह निर्माण २४ लाख
 पाथीभरा/मुकुलुङ मन्दिर परिसर संरक्षण कार्यक्रम १ करोड
 पाथीभरा क्षेत्र विकास समितिको अनुदानमा बृद्धी वर्षीक १ करोड १० लाख
 पाथीभरा/मुकुलुङ मन्दिर सतल निर्माण तथा संरक्षण ४५ लाख
 पाथीभरा/मुकुलुङ क्षेत्रमा द्धन् को टावर जडान भएको छ ।
श्वेतपत्र ज्ञठ
 नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाइन पाथीभरामा पुर्याउने कार्य
अन्तिम चरण पुगेको ।
 सुकेटार देखि काफ्लेपाटी सडक कालोपत्रे ५२ करोडमा टेण्डर भई काम
शुरु भएको छ ।
 कञ्चनजंघा हिमालको फेदमा रहेको खम्बाछेनमा ‘रिसर्च सेन्टर’ स्थापना ५ करोड
 तिम्बुङ पोखरी क्षेत्रमा पदमार्ग, होमस्टे तथा संरक्षण र सम्बद्र्धन १ करोड
३५ लाख
 फङफङदेन झरना पर्यटकीय क्षेत्रको सम्र्बद्धनका लागी १ करोड ३५
लाख बजेट बिनियोजन भई (आर्थिक बर्ष ०७४÷०७५ मा ५० लाख र
०७५÷०७६) मा ५० लाख र ०७७÷०७८ मा ३५ लाख विनियोजन)
 सोदुङ पोखरी (वरक) संरक्षण तथा सम्बद्र्धन ३५ लाख
 कञ्चनजंघा क्षेत्र (लेलेप, घुन्सा र गोला आधा शिविर) पदमार्ग ८० लाख
 सिद्धिडाँडा पर्यटन पूर्वाधार निर्माण फुङलिङ २० लाख
 सिनाम क्षेत्र पर्यटन पूर्वाधार विकास सिरिजंघा २५ लाख
 सहिद स्मृती पार्क फुङलिङ १० लाख
 रविन्द्र स्मृती पार्क फुङलिङ (पाथीभरा क्षेत्र) ५० लाख
 गुराँसे पोखरी संरक्षण पर्यटन पूर्वाधार विकास मेरिङदेन १० लाख
 तिनजुरे मिल्के जलजले क्षेत्रको विकासको लागी (तेह्रथुम र ताप्लेजुङ) ५० लाख
 कञ्चनजंघा क्षेत्रमा पदमार्ग निर्माण ४५ लाख
 मिल्केडाँडा लालीगुराँस पार्क निर्माणका लागि मैवाखोला गाउँपालिका र
पर्यटन मन्त्रालयको साझेदारीमा ४२ लाख ८१ हजार
 याम्फूदिन आम्जिखोला, नयाँझोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा, चैराम
हुदै कञ्चनजंघा वेशक्याम जाने पदमार्ग सिरिजंघा गाउँपालिका र पर्यटन
मन्त्रालयको साझेदारी ४० लाख ६७ हजार
 सिद्धिडाँडा पर्यटन पूर्वाधार निर्माण फुङलिङ २० लाख
 सिनाम क्षेत्र पर्यट्न पुर्वाधार विकास सिरिजंघा २५ लाख
 सहिद स्मृतीपार्क फुङलिङ १० लाख
 गुराँसे पोखरी संरक्षण पर्यटन पूर्वाधार विकास मिरिङदेन गाँउपालिका १० लाख
 मेवा तमोर त्रिवेणी सतिघाट निर्माण, खोक्लिङ – २० लाख
 कावेली मन्दिर संरक्षण आठराई त्रिवेणी गापा २ चोकपुर २० लाख
 शिवालय तथा चण्डिकालिका मन्दिर संरक्षण फुङ्लिङ नपा ३ पाटीडाँडा २० लाख
श्वेतपत्र ज्ञड
 सोधुपोखरीको वैज्ञानिक तथा अन्वेषण उत्खनन् अध्ययन गर्ने ५ लाख
 लोपउन्मुख वालुङ जातीको संग्राहलय फक्तालुङ ५ लाख ३५ हजार
 बिरेन्द्रचोक पोखरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण फुङलिङ १० लाख
 ताप्लेजुङ सनराइज भ्यू प्वाइन्ट सुकेटारगुप्ते फुङलिङ १० लाख
 शहिद पार्क ताप्लेजुङ्ग फुङलिङ १० लाख
 सिस्ने महादेव पर्यटन पूर्वाधार फुङलिङ २ लाख ६५ हजार
 घुमाउने पोखरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण मेरिङदेन १० लाख
 मदन भण्डारी जन्मघर संरक्षण तथा स्मृति पार्क निर्माण ३० लाख
 बागधारा पर्यटकीय पूर्वाधार विकास मैवाखोला १० लाख
 झ्याउपोखरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण मैवाखोला १० लाख
 नाम्सिङ्ग पर्यटकीय क्षेत्र जाने पदमार्ग पाथिभारा याङरक ७ लाख
 कर्कले गढीडाँडा पर्यटकीय पुर्वाधार पाथिभारा याङरक ७ लाख
 सिन्थोलुङ्ग झर्ना पर्यटन पूर्वाधार, मौवाखोला १० लाख
 चमेरे गुफा पर्यटकीय क्षेत्र पुर्वाधार सिदिम्बा गा.पा सुरुङ्गखिम १० लाख
 सिङ्चेपु भञ्ज्याङमा अवस्थित सानो पाथिभरा मन्दिरमा निर्माण ५ लाख ३० हजार
 शहिद हरी प्रसाद नेपाल स्मृति पार्क पूर्वाधार निर्माण १० लाख
 तमोर नदीमा ¥याफ्टिङका लागि पर्यटन पूर्वाधार निर्माण ५० लाख

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७