बेलायतमा २८ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले जिते स्वर्ण पदक


५ कार्तिक २०७४, आईतवार
nepal army 1
Exercise Cambrian Patrol ;+o’Qm clw/fHosf] j]N;, a|]sgdf c;f]h @& ut]b]lv sflt{s % ut];Dd ;~rfng ePsf] Exercise Cambrian Patrol 2017 df ;xefuL g]kfnL ;}lgs 6f]nL . tl:a/ M ;f}hGo–g]kfnL ;]gf, /f;;

काठमाडौँ, ५ कात्तिक : संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रीयन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त अभ्यास असोज २७ देखि आजसम्म सञ्चालन भएको थियो । उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन हुने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षतालाई मूल्यांकन गरिने नेपाली सेनाले जनाएको छ ।

nepal army 1
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेदेखि कार्तिक ५ गतेसम्म सञ्चालन भएको Exercise Cambrian Patrol सहभागी नेपाली सैनिक टोली ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री बोकेर ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । सो क्रममा सहभागी टोलीकोे लडाईंको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कताको परीक्षण हुने सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

nepal army 2
स्वर्ण पदक प्राप्त गरेपछि नेपाली सैनिक टोली ।

उक्त अभ्यासमा नेपालसहित २८ देशका १३९ सैन्य टोलीको सहभागिता रहेको  थियो । नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो । प्रतिस्पर्धात्मक उक्त अभ्यासमा भाग लिने अन्य राष्ट्रका करिब ३३ प्रतिशत सहभागीले सो अभ्यास पूरा गर्न नसकेको नेपाली सेनाले जनाएको छ ।

व्यावसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्नसक्ने अभ्यासमा अब्बल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७