रोल्पामा गोकुल घर्तीको प्रस्तावमा वर्षमान पुनको उम्मेदवारी दर्ता (फोटो फिचर सहित)


५ कार्तिक २०७४, आईतवार
वर्षमान पुन 4

रोल्पा : नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता बर्षमान पुन अनन्तले एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्तीको प्रस्तावमा प्रतिनिधि सभा सदस्य रोल्पामा उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्र र एमालेको संयुक्त प्रर्दशन सहित लिवाङ स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराइएको हो । पुनसँगै वामगठबन्धन तर्फबाट रोल्पा प्रदेश सभा सदस्यको लागि रोल्पा क्षेत्र नं १ बाट माओवादी नेता कुल प्रसाद केसी ‘सोनाम’ र प्रदेश नं २ बाट माओवादी कै दिपेन्द्र पुन ‘सिजल’ले उम्मेरदवार दर्ता गराएका छन्।

Barshaman pun

माओवादी र एमालेको सहमति हुँदा एकमात्र प्रतिनिधिसभा र रोल्पाका दुवै प्रदेश सभा सदस्य माओवादीले उम्मेरदवार दिएको हो।उम्मेरदवार दर्ता पछि आयोजित संयुक्त जनसभालाई संवोधन गर्दै प्रतिनिधिसभाको उम्मेरदवार माओवादी नेता अनन्तले आफूहरुको विजयीको औपचारिक घोषणा हुन वाँकी रहेको बताए। प्रतिनिधिसभा र प्रदेश सभामा देशैभर वामगठबन्धनले विजय हासिल गरेर स्थिर सरकार मार्फत देशलाई आर्थिक संवृद्विको यात्रामा दुर्तगतीमा अगाडी बढाउने बताए।

उनले वामगठबन्धनले विकास र संवृद्वि मार्फत रोल्पाको मुहार फेर्ने प्रतिबद्धता जनाउँदै आफूहरुलाई मतदान गर्न अपिल गरे।  उनले प्रत्यक्ष तर्फ कांग्रेसको गठवन्धनले १० सिट भन्दा बढी नल्याउने दाबी गरे । ‘अब दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा हामी जानेछौं ।’ नेता पुनले भने,‘कांग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन।’ वाम गठबन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने नेता पुनले दाबी गरे ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गोकुल घर्तीले रोल्पामा मात्र नभई देशैभरी वामपन्थी गठबन्धनको विजयी हासिल गर्ने दावी गरें। उनले गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा गोलाकार भित्रको हँसिया हटौडामा मतदानगरी साँझा उम्मेरदवारहरुलाई विजयी गराउन आफ्ना कार्यकर्तालाई निर्देशन दिए। पूर्व अर्थमन्त्री समेत रहेका अनन्त पहिलो पटक आफ्नो गृहजिल्ला रोल्पाबाट उम्मेरदवार दर्ता भएपछि उनले अत्यधिक बहुमतका साथ विजयी हासिल गर्ने र भावी सरकारमा अर्थ वा गृहजस्ता प्रभावशाली मन्त्रालय सम्हालने सक्ने चर्चा रोल्पामा चल्न थालेको छ।

वर्षमान पुन 5

वर्षमान पुन 6

वर्षमान पुन 7

वर्षमान पुन 1

वर्षमान पुन 3 वर्षमान पुन 4

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७