रोल्पाबाट वर्षमानले भने, ‘वाम गठवन्धनलाई दुई तिहाई सिट ल्याउन रोक्न कसैले सक्दैन’


५ कार्तिक २०७४, आईतवार
Barshaman pun

रोल्पा : माओवादी केन्द्रका युवा नेता वर्षमान पुन अनन्तले वाम गठवन्धनलाई आगामी चुनावमा दुई तिहाई सिट ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

Barshaman pun

आज रोल्पाको लिवाङमा उम्मेदवारी दर्ता गरे लगत्तै आयोजित सभामा उनले प्रत्यक्ष तर्फ कांग्रेसको गठवन्धनले १० सिट भन्दा बढी नल्याउने दाबी गरे । ‘अब दुई तिहाई वहुमत ल्याएर समाजवाद निर्माणको दिशामा हामी जानेछौं ।’ नेता पुनले भने,‘कांग्रेसी मित्रहरुले यसलाई अन्यथा रुपमा लिनु जरुरी छैन।’

वाम गठबन्धनले मुलुकको आर्थिक विकास र समृद्धिको ढोका खोल्ने नेता पुनले दाबी गरे । कार्यक्रममा एमाले नेता गोकुल घर्तीले वाम तालमेल ऐतिहासिक आवश्यकता भएको बताए । रोल्पा प्रदेश ९क०का उम्मेदवार कुलबहादुर केसी र प्रदेश (ख) का उम्मेदवार दिपेन्द्र पुनले वाम तालमेलले नेपाललाई नयाँ युगमा प्रवेश गराउने जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७