डिस्कोमा केटी जिस्काएको निहुँले गोली चल्यो, एक घाइते, पाँच पक्राउ
काठमाडौं : केटी जिस्काएको निहुँले आइतबार बिहानै राजधानीमा गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए ।
घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । अपरिचित व्यक्तिले हानेको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् । घाइते गुरुङको खुट्टामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ठमेलको एक डिस्कोमा गुरुङले एकजना केटीलाई जिस्काएका थिए । गुरुङ स्कुटर लिएर ठमेलबाट निस्किएपछि केटीका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछा गरेका थिए । म्हैपी पुगेपछि स्कुटरलाई उक्त समुहले रोकेर गोली प्रहार गरेका थिए ।