कलाकारको भाइटिका (फोटो फिचर)


४ कार्तिक २०७४, शनिबार
Rekha Thapa 2 1

काठमाडौं :  यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ । सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिएपनि आज बिहान ०८ बजेपछि दिनभर भाइटीका लगाउन शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

Rekha Thapa 2 1

भाइटीका शनिबार परेकाले बिहान ०८ बजे अघि भने टीका लगाउन राम्रो नहुने भनी समितिले अनुरोध गरेको थियो । दिदी बहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवन यापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।

दिदी बहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास समेत छ । कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ । कलाकारहरुले पनि रमाइलो गरी तिहार मनाएका छन् । हेर्नुहोस् फोटो फिचर :-

priyanka karki 1
अभिनेत्री प्रिंयका कार्की
priyanka karki 2
अभिनेत्री प्रिंयका कार्की
Rekha Thapa 3
अभिनेत्री रेखा थापा
Rekha Thapa 2
अभिनेत्री रेखा थापा
Shewata Khada
अभिनेत्री श्वेता खड्का

 

 

Shweta Khadka 1
अभिनेत्री श्वेता खड्का
Shweta Khadka 2
अभिनेत्री श्वेता खड्का

Shweta Khadka 3

Sweta Khadka
अभिनेत्री श्वेता खड्का
Dhurmus 2
अभिनेता सिताराम कट्टेल धुर्मुस
Sandhya Joshi 1
गायिका सन्ध्या जोसी

Sandhya Joshi 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७