प्रतिनिधिसभा सदस्यको लागि प्यूठानबाट सूर्य थापा सर्वसम्मत सिफारिस


२० भाद्र २०७९, सोमबार
Surya Thapa

प्यूठान : नेकपा (एमाले) प्यूठानले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्यूठानबाट पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाको नाम सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ।

सोमबार पार्टी कार्यालय विजुवारमा बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष बिजयविराज विष्टले जानकारी गराए।

प्रतिनिधिसभा सदस्यका लागि प्यूठान एउटा मात्र निर्वाचन क्षेत्र हो। एमाले प्यूठानले प्रदेश र प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम सर्वसम्मत रूपमा टुंगो लगाएको अध्यक्ष विष्टको भनाई छ ।

प्रदेश (क) मा पार्टीका निवर्तमान अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश (ख) मा केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि रिजाल सिफारिस भएका छन्।

थापाको उमेदवारीका लागि संविधानसभाका पूर्व सदस्य हिरा बहादुर केसीले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७