समर्थन खोज्दै घरदैलोमा पुगे देउवा (फोटो फिचर)
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणको लागि समर्थन जुटाउन पहिलो चरणको सभापतिका प्रतिस्पर्धीलाई भेट्न घरघर पुगेका छन् ।
सोमबार भएको पहिलो चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवाले दोस्रो चरणका लागि सहयोग माग्दै घरदैलो गरेका हुन् ।
देउवा मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । त्यसपछि साढे ११ बजे विमलेन्द्र निधि निवास वानेश्वरमा पुगेर सहयोग गर्न आग्रह गरे । दोस्रो चरणको चुनावमा निधि र सिंहले देउवालाई नै सहयोग गर्ने भएका छन्।