प्रथम केराबारी नगरपालीका स्तरीय फुटबलकाे उपाधि वडा-७ लार्इ


३ कार्तिक २०७४, शुक्रबार
football kerabari 3

बेलबारी(मोरङ) : केराबारीमा जारी प्रथम गाउँपालिका स्तरीय नक आउट फुटबल खेलको उपाधि वडा नम्बर–७ को ६ घरे युवा क्लबले हात पारेको छ । केराबारी–८ को खेलमैदानमा भएको अन्तिम फाइनल खेलमा वडा नम्बर ६ को कालापानी युवा क्लबलाई ०–२ गोल गरी वडा नम्बर ७ ले उपाधि उचालेको हो ।

football kerabari 3

उपाधि सँगै विजेटा टिमले ३० हजार र उपविजेता टिमले २० नगद सहित ट्रफि प्रमाण पत्र र मेडल पुरस्कार पाएको छ । खेलको पहिलो हाफ सम्म दुवै टिमले गोल गर्न नसकेपनि मध्यान्तर पछिको आक्रमण खेलमा वडा नम्बर ७ का जर्सी नम्बर २ का भुवन बस्नेतले गोल गरी खेललाई अग्रता दिलाएका थिए ।

यद्यपि बस्नेतले नै खेलको अन्तिम समयमा पुन अर्को गोल थपेपछि वडा नम्बर ७ का लागि जित सुनिश्चित भएको थियो । खेलमा सर्वप्रथम गोल गर्ने र म्यान अफ दी म्याचको सिरिज र हाइस्कोरर भुवन बस्नेत नै भएका थिए । बस्नेतलाई सर्वप्रथम गोल गर्ने खेलाडीका रूपमा २५सय नगद र आयोजकको तर्फबाट नगद ३ सहित सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै खेलमा उत्कृष्ट फिल्डर, डिफेन्स, किपिङ, लगायतका विधामा जनही ३ हजारका दरले ५ जनालाई पुरस्कृत गरिएको थियो । पुरस्कार गाउँपालिका प्रमुख रोहित कार्कीले वितरण गरेको थियो । खेलमा विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सामान सहयोग गर्ने महानुभावहरुलाई प्रमाण सहित सम्मान गरिएको थियो । खेलको प्रायोजन गर्ने कृष्ण, महादेव, शिवम क्रसर उद्योग र सह प्रायोजन गर्ने चलचित्र कर्मी तथा समाजसेवी हस्तवहादुर लिवाङले सहित अन्य दाताहरुलाई सम्मान गरिएको थियो ।

football kerabari 2

मैत्रीपूर्ण खेलमा मच्छिन्द्र भेट्रान विजयी
यसैबिच फाइनल खेल अघि खदम बारी र खदम पारी बिच भएको मैत्रीपुर्ण भेट्रान फुटबलमा खोलावारीका मच्छिन्द्र भेट्रान समूहले जितेको छ । फाइनल खेल अघि भएको रोमाञ्चक खेलमा ० को विरुद्ध ४ गोल गर्दै मच्छिन्द्र भेट्रान समूह विजेता भएको हो ।
विजेता समूहलाई आयोजकले नगद ५ हजार पुरस्कार वितरण गरेको थियो । मच्छिन्द्र भेट्रानको तर्फबाट मध्यान्तर अघि प्रकाश बस्नेतले ३ गोल मध्यान्तर पछि किशन शाहीले १ गोल गरी जित सुनिश्चित भएको थियो ।

football kerabari 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७