सिस्नुपानीको प्रश्न, ‘दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?’


१ कार्तिक २०७४, बुधबार
sisnu pani
k|1f-l;:g’kfgL b]p;L sfo{qmd k|1f ejg, sdnfbLdf a’waf/ k|1f-l;:g’kfgL b]p;L sfo{qmddf snf k|:t’t ub}{ l;:g’kfgLsf snfsf/x? . tl:a/ M /Tg >]i7, /f;;

sisnu pani

काठमाडौं: नेपाली विकृति र विसंगती माथी प्रहार गर्दै आएको सिस्नु पानी नेपालले यसपटक पनि हाँस्यव्यंग्य देउसी कार्यक्रम गरेको छ । राजधानीको प्रज्ञा भवन कमलादीमा आज साँझ सिस्नुपानी नेपालका कलाकारहरुले राजनीतिक तथा समाजिक क्षेत्रका विकृति विसंगतिलाई देउसीको माध्यमबाट व्यंग्य गरेका थिए ।

oli prachanda

देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली, एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहार, एमाले र माओवादीको गठबन्धन, पछिल्ला समय आएका भष्ट्रचारका गतिविधी लगायतमा प्रहार गरिएको छ । कार्यक्रममा विभिन्न कलाकारले भष्ट्रचारका विरुद्ध तिखो व्यंग्य प्रहार गर्दै देउसी खेलेका थिए ।

सिस्नुपानीको देउसी कार्यक्रमका संक्षिप्त टुक्का –

हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए ।

दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।

कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।

समाजवादी बाटोमा देउवा ईटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भो ।

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो
राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भाषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हे¥या हे¥यै भो
देउवाजीको कालो बोको छे¥या छे¥यै भो ।

काठमाण्डूका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मानो रेल नि गुडेछ, चढी आयौं ठमठम ।

भष्ट्रले नि चुनाव लड्ने झण्डै बन्यो नि यम्
विफल भयो छक्क परे दाजु राधेश्याम ।

सांसद हुन्जेल बिकाश बजेट छाडेपछि पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।

प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेर्छौ रमिता ।

संबैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशका चालक ।

बिहान फोरम, दिउँसो काग्रेस, साँझ हुन्छन् एमाले
मधेश कैले बन्छ ठाकुर यस्तो पाराले ।

मधेशको मुहार फेर्न देखाउ केही गरेर
हुन्न भलाई दिल्लीको शरण परेर ।

भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है ।

गठबन्धन तोडी गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाउ माया मैतिर, कि लाउ माया उहीतिर
क्याविनेट से क्यूँ नही हट्ता है ।

तिमी आफैं मिल्यौ कि मिलाउने ले मिलायो रु
दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो रु

गर्मीहुदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर ।

बाबुरामको नयाँ पसल वर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घार न घाट भो ।

हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
के को विद्या के को सुन्दर माखै मारेनन्

बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले

गुन्डा डनले टिकट पाए एमालेमा पसेर
चरी घैंटे रुँदा हुन् माथि बसेर ।

दिल्लीले निम्तो नगरोस्
चुनावको मिति नसरोस्
संविधान पूर्ण सफल होओस्
समृद्धि यात्रा डबल होओस् ।

कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिनुभयो । सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए । कार्यक्रममा अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ ले मुलुकलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७