उपराष्ट्रपतिको चियापान जे देखियो
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले चियापान कार्यक्रमको आयोजना गरेका छन् । नेपालीहरुको चाडहरुको अवसरमा पुनले चियापानको आयोजना गरेका हुन् । बुधबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायत उपस्थित थिए । यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, सुरक्षा निकायका प्रमुखरु र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो । चियापानमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थिति भएनन् ।