भोजपुरको ‘वाम अंकगणित’, एमालेको मत माओवादीको भन्दा १३ हजारले बढी


३१ आश्विन २०७४, मंगलवार
Bhojpur

भोजपुर :  प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिैदै गर्दा जिल्लामा चुनावी वहस पेचिलो रुपमा बढेको छ । लामो समयदेखि एमालेको किल्लाको रुपमा रहदै आएको भोजपुर केन्द्रीय स्तरमा नेकपा एमाले र माआवादी केन्द्रवीच चुनावी तालमेल गर्ने भएपछि प्रदेश सभाका लगि २ वटा र प्रतिनिधि सभाका लागि १ वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा उम्मेदवार भागबण्डा पेचिलो बनेको छ ।

Bhojpur

भोजपुरमा एमालेको मत माओवादी केन्द्रको भन्दा दोब्बरभन्दा बढी छ । स्थानीय तह निर्वाचनको क्रममा जिल्लाभरी एमालेले २५ हजार ६ सय ९५, कांग्रेसले २० हजार ५ सय ६१ र माओवादी केन्द्रले १२ हजार ७ सय ६९ मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा एमालेले ४, कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानीय तहमा जितेका थिए । प्रमुख बाहेक उपप्रमुख र वडाहरुमा अधिकांश स्थानमा एमालेले कब्जा गरेका थिए ।

अघिल्लो निर्वाचनहरुमा दुईवटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा एमालेले जित्दै आएको थियो । सागठानिक रुपमा पनि एमाले अरु पार्टीहरु भन्दा निकै बलियो हो । तर बामगठबन्धन अनुसार माआवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा मध्ये एक दिनुपर्ने बाध्यता छ । यसले एमाले पार्टी पंक्ति र एमाले नेता कार्यकर्तालाई प्रत्यक्ष घाटा छ । तर माओवादीलाई कुनै सीट दिनुपर्ने बाध्यताले यत्तिबेला एमाले नेता कार्यकर्तालाई निकै स्तब्ध बनाएको छ ।

विगतको निर्वाचनमा माओवादी केन्द्रको योजना बमोजिम सबै दलले एमाले विरुद्ध गरेको घेरावन्दी र निसानाको पीडा अझै एमालेमा छ । पार्टी बचाउन गरेको मेहेनत अझै ताजा रहदाँ बाम गठबन्धनअुसार माओवादी केन्द्रलाई कुनै सीट दिनुपर्ने भएपछि एमाले कार्यकर्ता स्तब्ध मात्रै होइन पार्टीका नेताहरुप्रति पनि निकै रुष्ट बनेका छन । एमालेको शक्ति बढदै गएपछि माओवादीको नेता कार्यकर्ताहरुले कांग्रेस लागायत अन्य दलहरुको साहारामा एमालेविरुद्धको अभियान निकै चलाएका थिए ।

माओवादीको अग्रसरतमा जिल्लामा ७ दलीय मोर्चा नै बनाएर घोषित रुपमा एमाले कार्यकर्तालाई प्रहार गरेका थिए । केही एमाले कार्यकर्तालाई कुटपीट समेत गरेका थिए । माओवादीको गतिविधिको निसाना विरुद्ध एमाले कार्यकर्ता निकै समय ‘फेससेभ’को अवस्थामा समेत पुगेको थियो । बामगठबन्धनअनुसार कुनै सीट दिनुपरेपछि सबैभन्दा पीडा एमाले कार्यकर्तालाई भएको छ । जुन लामो समयदेखि संघर्ष गर्दै आएको कार्यकर्तालाई पीडाबोध बनाएको छ ।

गठबन्धन बिना नै प्रदेशको २ वटा र प्रतिनिधिसभाका लागि १ वटा निर्वाचन क्षेत्र जित्ने अवस्था हुदाँ हुदै पनि माओवादी केन्द्रलाई कुनै पनि सीट छोडनुपर्ने अवस्थाले एमालेभित्र बहस निकै बढेको छ । विगतको निर्वाचनमा एमाले एक्लैले जित्दै आएको भोजपुरमा स्थानीयको तह निर्वाचनमा पनि सात दलीय मोर्चा र गठबन्धनले घेराबन्दी गर्दा पनि एमाले पहिलो शक्तिको रुपमा नै स्थापित भएको थियो ।

स्थानीय तह निर्वाचनको मतको आधारमा एमाले पहिलो कांग्रेस दोस्रो र माओवादी केन्द्रको तेस्रो पोजिसन रहेको छ । मतलाई सर्वेक्षण गर्ने हो भने एमाले दुवै निर्वाचन क्षेत्रमा बलियो रहेको छ । १ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेस दोस्रो छ भने २ नम्बर क्षेत्रमा माओवादी केन्द्र दोस्रो रहेको छ ।

माओवादीको निसाना विरुद्ध गरेको संघर्ष र आगमी निर्वाचनमा माआवादी केन्द्रलाई भोट मागिदिनुपर्ने कुराले एमाले कार्यकर्ताले आपनो राजनीतिक इतिहास र भविष्य समाप्त हुने भय बढेको छ । व्यवहारिक रुपमा सुर्य चिन्हलाई भोट माग्दै आएको एमाले कार्यकर्ता माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडालाई भोट मागे व्यवहारिक नहुने र चुनाव जित्नका लागि निकै गाह्रो हुने आकलन छ ।

तेस्रो पोजिसनमा रहेको माओवादीलाई पहिलो शक्ति रहेको एमालेका भोटरले भोट दिन्छ भन्ने कुनै आधार छैन । एमालेका भोटरहरु स्थायी हुन । स्थायी भोटरले चुनावी तालमेल हुदाँ माओवादी केन्द्रको साटो कांग्रेसलाई भोट दिन सक्छ । किनभने एमालेको स्थायी भोटरले माओवादी केन्द्रलाई मन नपराउन सक्छ जसबाट दोस्रो रोजाइमा कांग्रेस पर्छ । यसबाट कांग्रेसको चुनावी जित यात्रा निकै सहज बन्न सक्छ ।

बामगठबन्धनले एमाले कार्यकर्ता नेताप्रति क्रुद्ध बनेको छ । कार्यकर्तावीचमा देखापरेको असन्तोषले नेताविरुद्ध रिस पोख्ने थलो चुनाव बन्न सक्दा एमाले र माओवादी केन्द्रलाई निकै घातक सावित बनाउन सक्छ । बाम गठबन्धअनुसार गठबन्धनको पोजिसन अनुसार निर्वाचन क्षेत्रबाडफाड नगरे चुनाव हार्ने आधार प्रशस्त बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७