माओवादी मन्त्रीलाई प्रधानमन्त्रीले जिम्मेवारीबाट हटाई दिए


३१ आश्विन २०७४, मंगलवार
kaml thapa and janardhan sharma

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुको जिम्मेवारी खोसेका छन् । मंगलबार अपराहृन माओवादी मन्त्रीहरु जिम्मेवारी खोसि राप्रपाका मन्त्रीहरुलाई जिम्मेवारी सुम्पे । माओवादी मन्त्रीहरुले राजीनामा नदिएपछि प्रधानमन्त्रीले जिम्मेवारी खोसेका हुन् ।

kaml thapa and janardhan sharma

राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्री तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री देउवाले गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय आफैं राखेका छन् ।

शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालय, विक्रम थापालाई महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् । भने माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् ।

देउवाले माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई भने हटाएका छैनन्। प्रधानमन्त्रीले माओवादी केन्द्रका नौ मन्त्रीलाई विना विभागीय बनाएपनि चौधरीलाई नचिनेपछि जिम्मेवारीबाट हटाएका छैन । चौधरी पहिला नेकपा संयुक्तबाट मन्त्री भएकी थिईन । तर, संयुक्त पार्टीले माओवादीसँग एकता गरेपछि उनी माओवादीबाट मन्त्री भएकी थिईन ।

प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए । तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी मन्त्रीहरुको राजीनामा रोकिएको छ ।

६४ सदस्यीय देउवाकाे मन्त्री मन्त्रीमण्डलमा अब १५ जना विना विभागीय मन्त्री रहेका छन् ।

Deuba deuba 1 Deuba 2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७