ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)


३१ आश्विन २०७४, मंगलवार
Birtish army in brunai 8

बेलायत : ब्रिटिस गोर्खा सैनिकको दोस्रो बटालियनका टु जी आरले सुल्तान पार्क सरसफाइ अभियान चलाएका छन् । गोर्खा सैनिक र स्थानीयहरु मिलेर १४ अक्टोबरमा ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकीय स्थल सुल्तान पार्कमा सरसफाइ अभियानको कार्यक्रम गरेका त्यहाँको प्रसिद्ध राष्ट्रिय दैनिक ब्रुनाई बुलेटिनले समाचार प्रकाशित गरेको छ ।

Birtish army in brunai 5

ब्रुनाईको कुअला बेलायत डिस्ट्रीक अन्तर्गत सेरियामा एक बिलियन ब्यारल तेलको कच्चा पदार्थ निकालिएको अवसरमा स्थापना भएको बिलियन ब्यारेल मनुमेन्ट रहेको प्रसिद्ध पार्क “सुल्तान पार्क”मा सामूहिक सरसफाइ अभियानको आयोजना गरी अत्यधिक जनसहभागितामा सर–सफाइ कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाइ अभियान कार्यक्रममा ३ सय बढी सहभागी भएका थिए भने त्यहाँ स्थित थुप्रै नागरिकहरू लगायत पत्रकारको पनि उपस्थिति रहेको थियो । अभियानमा ब्रिटिस आर्मीको गोर्खा सैनिकहरु र ब्रुनाईबासी बीचको पारस्पारिक सामाजिक सम्बन्ध थप सुधार गर्ने र समुदfयमा सकारात्मक सन्देश जाओस भन्ने उदेश्यले सरसफाइ अभियान कार्यक्रम गरिएको समाजसेवी नगेन राईले बताए ।  राई (नग्स ) २२ वर्षदेखि ब्रिटिस गोर्खा सैनिकमा आबद्ध छन् ।

‘विश्वमा वीर गोर्खालीको नामले चिनिने बहादुरी, पराक्रमी र इमान्दार नेपालीलाई त्यहाँको समुदायमा थप सामाजिक उतरदायी साबित गराउन सामूहिक सरसफाइ अभियानले टेवा पु¥याउनेछ’, उनले भने ।

बेलायत सैनिक अन्तर्गत २ आर जी आर भर्खरै मात्रै युकेको बसाई सकेर अहिले ३ वर्षको लागी ब्रुनाई पुगेको हो । यस अघि गोर्खालीहरुकै अर्को पल्टन १ आर जी आर त्यहाँ कार्यरत थियो ।

दुई देशका नागरिकबीच सम्बन्ध सुधार तथा आत्मीयता बिस्तारका लागि आफूहरुको अभियान विश्वमाझ उदाहरणीय बन्ने विश्वास रहेको (२ आर जी आर) गोर्खा सैनिकहरुको भनाई छ ।

नग्स राईको अगुवाईमा भएको यस कार्यक्रमलाई बटालियनका सम्पूर्ण सदस्यहरूले साथ दिएका थिए । अभियानलाई गोर्खा मेजर मेजर गजेन्द्र आङ्देम्बे र रेजिमेन्टल सार्जन्ट मेजर सँगम राईले हौसला र उत्प्रेरित गरिरहेका उनी बताउँछन् । भने अर्का मुख्य सहयोगी डिल्लिराम राई रहेको नगेनले बताए ।

कार्यक्रमलाई स्थानीय लगायत सम्पूर्ण नागरिकहरूले एकदमै खुसी र सकारात्मक प्रतिक्रिया दिएका छन् । यो कार्यले सबैको सोचमा एउटा नयाँ ऊर्जा मिलेको बताए ।  दुवैपक्षमा सामाजिक मित्रभावको जिम्मेवारी थप प्रगाढ भएको पनि उनीहरूले बताएका थिए ।

Birtish army in brunai 2

Birtish army in brunai 3Birtish army in brunai 6 Birtish army in brunai 7 Birtish army in brunai 8Birtish army in brunai 11 Birtish army in brunai 12 Birtish army in brunai 13 Birtish army in brunai 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७