एक आपसमा २ बस ठोकिँदा ३ मृत्यु ४३ घाइते


३१ आश्विन २०७४, मंगलवार

काठमाडौं : डोटीको जोरायल गाउँपालिका १ घोरणीमा बस एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएको छ ।
मङ्गलवार डडेल्धुराबाट जोगबुढा जाँदै गरेको ना४ख नम्बरको बस र महेन्द्रनगरबाट बैटडी जाँदै गरेको ना५ख नम्बरको बस दुर्घनामा परेको हो ।

doti
दुई जनाको घटनास्थलमै मृत्यु भएको भने एकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । र एकको उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा १३ वर्षीय दीपक बोहरा र द्रोपदी भण्डारी रहेका छन् भने एकको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
घाइतेहरुको उद्धार नेपाल प्रहरी र स्थानीयले गरिरहेका छन् । घाइते भएकाहरु उपचारका लिागि धनगढी लैजाने तयारी गरेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७