माओवादी मन्त्रीहरुले किन छाडेनन् सरकार ?


३१ आश्विन २०७४, मंगलवार
Krishna Bahadur Mahara and janardhan sharma

काठमाडौं : सरकार छाड्न लागेका नेकपा (माओवादी केन्द्र)ले फेरी सरकार नछाड्ने भएका छन् । सरकार छाड्ने तयारी स्वरुप पत्रकार सम्मेलन गरेका गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आयोगबाट सरकारले चुनाव सार्ने सूचना प्राप्त भएको बताउँदै सरकार नछोड्ने निर्णय गरेको घोषण गरे ।

Krishna Bahadur Mahara and janardhan sharma

 “निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भयो । निर्वाचन सार्ने विषय आफूहरुलाई मान्य हुँदैन । तत्काल हामी सरकार छाड्दैनौँ ।’ उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले  भने ,’निर्वाचन सर्दैछ भन्ने जानकारी आएको हो । त्यसबारेमा थप जानकारी केही समयपछि थाहा पाइहाल्नुहुन्छ ।’

आफ्नो पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले सरकारबाट फिर्ता भएको पत्र लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने क्रममै निर्वाचन सर्दैछ भन्ने जानकारी आएपछि पत्र बुझाउने काम स्थगन भएको उनको भनाइ छ ।

सरकारबाट आफूहरु फिर्ता हुने जानकारीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री महरा सरकारबाट फिर्ता हुन लागेको जानकारी गराउने कार्यक्रम थियो । उपप्रधानमन्त्री महरा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गरिरहेका छन् ।

निर्वाचनको वातावरण बन्ने भए सरकार छोड्न तयार भएको आश्वासन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई दिएका थिए।

यसअघि सरकारी छाड्ने तयारी रुवारुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूलाई सहयोग पुर्याउने मन्त्रालयका सचिव, कर्मचारी र सचिवालयका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका थिए।

गृहमन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूले पार्टी अध्यक्षले सरकारको नाममा लेखेको पत्र पाएको तर, आयोगबाट आएको सूचना लगत्तै अर्कै निर्णय भएकाले तत्काल सरकार नछोड्ने निर्णयमा पुगेको बताएका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७