सत्ता कब्जा गर्ने दाउमा माओवादी : लेखक


३० आश्विन २०७४, सोमबार
Ramesh Lekhak रमेश लेखक

काठमाडौं : नेपाली काँग्रेसका नेता रमेश लेखकले नेकपा (माओवादी केन्द्र) सत्ता कब्जा गर्ने नियतले सरकारबाट राजीनामा नदिएको आरोप लागएका छन् ।
सोमबार रिपोटर्स क्लबमा लेखकले यस्तो बताएका हुन् । उनले घुमाउरो भाषामा माओवादीसँग नेतिकता नभएकाले चुनावमा एमालेसँग गठबन्दन गर्ने र सरकारमा पनि रहिरहनु खोज्नुको कारण सत्ता कब्जा गर्न खोज्नुको सङ्केत देखिएको बताए ।

Ramesh Lekhak रमेश लेखक
लेखकले माओवादी प्रति तीव्र असन्तुष्टि जनाउँदै तत्काल सरकारबाट बाहिरिनु पर्ने विचार ब्याक्त गरे । ‘माओवादीसँग सरकारमा बस्ते हामी, चुनावी तालमेल विपक्षी दलसँग’ उनले भने, ‘नैतिकताको आधारमा पनि माओवादीले सरकारबाट राजीनामा दिनु पर्छ ।’
काँग्रेस राणा, पञ्चायतर राजतन्त्रविरुद्ध एक्लै चुनाव लडेकोले आफ्नै अस्तित्व रहेको उदाहरण दिँदै वाम एकता र चुनावी तालमेलले काँग्रेसलाई कुनै असर नपर्ने एक्लैले बहुमत ल्याउने लेखकले दाबी गरे । उनले वाम एकता सत्ता र सरकारको लागि रचेकोले छोटो आयु हुने दाबी गरे ।
वामपन्थीहरु राष्ट्रहित विपरीत भएको आरोप लगाउँदै ‘संसारमा लोकतान्त्रिक शासन प्रणाली स्थापित भैसकेकोले नेपालमा वामपन्थीले निर्वाचनमा बहुमत ल्याएर कम्युनिस्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्र विपरीत हो ।’ लेखकले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७