कांग्रेसमा फर्किँदा आँसु झारे गच्छदारले !


३० आश्विन २०७४, सोमबार
bijaya gachhadar

काठमाडौँ: नेपाल लोकतान्त्रिक फोरमलार्इ नेपाली कांग्रेस विलय गराउने क्रममा भाषण गरिरहँदा विजय गच्छदार भावुक हुदैँ आँसु झारेका छन् । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ। २०६४ सालका कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरममा पुगेका गच्छदारले त्यसपछि आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक फोरम बनाएका थिए ।

गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि टुटफुटबाट अछुतो रहन सकेन । त्यहीकारण उनको पार्टीले स्थानीय तह निर्वाचनमा गतिलो नतिजा पनि निकाल्न सकेन ।एक दशकपछि कांग्रेसमा फर्किएका गच्छदारले कांग्रेस छाड्नुको कारणबारे बोलिरहँदा आँसु झारेर भावुक बने । भाषणका क्रममा उनी केहीबेर निःशब्द बने, बोल्नै सकेनन् ।

bijaya gachhadar

काँग्रेससँग पार्टी एकिकरण पछि आफ्नो मन्तव्य राख्दै गच्छेदारले १० बर्षअघी पार्टी छोडेर जाँदाको दिन सम्झिए। उनले पितातुल्य नेता तत्कालिन कााग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आमातुल्य नोना कोइरालालाई सम्झेर आँसु झारे।  छोराझै माया गरेपनि तत्कालिन राजनीतिक परिस्थितिमा आफू पार्टी छोड्नुपरेको घटना पनि उनले कार्यक्रममा सुनाए। बेटा नजाउँ भन्दा भन्दै गएको स्मरण गर्दै उनी भावुक भए। उनले साथीहरु अर्जुरनरसिंह केसी र चक्र वास्तोलाले हात समाएर पार्टी नछोड भनेको पनि स्मरण गराए।gachhadar

गच्छदारले आफूलाई मधेसको गद्दार र कांग्रेसको पुच्छर भनेर गाली गरिए पनि संविधान निर्माण गरी कार्यान्वयनमा ल्याउन सकेकोमा खुसी व्यक्त गरे । देश र जनताका लागि मैले रगत बगाएको पार्टीमा लोकतान्त्रिक फोरमलाई सामेल गराएँ, उनले भने, मेरो विरोध गर्नेहरूको मलार्इ कुनै मतलब छैन ।

एकता सभामा बोल्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी एकता गरेकोमा गच्छदारलाई धन्यवाद दिए। ‘विजय हाम्रा नेता हुनुभएको छ, अरु साथीहरू जस्तै उहाँ पनि कांग्रेसको नेता हो,’  देउवाले भने,  ‘मलाई धेरै भन्नू छैन। उहाँले धेरै मेहनत गरेर एक बलियो एक पार्टी बनाउन लाग्नुभयो। फोरमका अरु पनि साथिहरुलाई स्वागत छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७