प्रदेश नम्बर दुईमा हाम्रो सरकार बन्छ : उपेन्द्र यादव


३० आश्विन २०७४, सोमबार
Upendra Yadav

विराटनगर: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताएका छन् ।Upendra Yadav

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै उनले प्रदेश नं २ मा सरकार बनाउने दाबी समेत गरे ।

गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट पारे । आपसी समझदारीमा सो पार्टीसँग सिटको तालमेल हुने उनको भनाइ थियो । उनले लोकतान्त्रिक गठबन्धनमा बस्नका लागि राजनीतिको मूल मुद्दामा सहमति हुनुपर्ने नत्र अवसरवादीको संज्ञा दिइने उल्लेख गरे ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्रिमण्डलको विस्तार गरिनु गलत भएको भन्दै उनले भने, “नेकपा (माओवादी केन्द्र) सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु नैतिकताले दिँदैन ।”फोरमका अध्यक्ष यादवले आफु मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै सो निर्णय गरिने जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७