तिङ्लामा प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा पनि ‘नो भोट’ !


३० आश्विन २०७४, सोमबार
tingla

काठमाडौं : पुनःसंरचनामा चित्त नबुझेपछि स्थानीय तहको निर्वाचनलाई ‘नो भोट नो क्यान्डिडेट’ भन्दै बहिष्कार गरेका साबिक तिङ्ला गाविस  (हालको नेचासल्यान गाउँपालिका–६)का स्थानीयले प्रदेश र सङ्घको निर्वाचनमा सहभागी नहुने सम्भावना बढ्दै गएको छ । उनीहरूको माग सम्बोधनको कुनै छनक नपाएपछि यस्तो सम्भावना बढेको स्थानीय बताउँछन् । यो खबर सन्तोष राउतले आजको गोरखापत्र दैनिकमा लेखेका छन्।

tingla

स्थानीय तहको पुनःसंरचनामा असन्तुष्टि जनाउँदै आन्दोलनसमेत गरेका तिङ्लावासीले यस पटक पनि माग सम्बोधन नभए अब हुने निर्वाचनमा समेत भाग नलिने बताएका छन् । सोलुखुम्बुको तिङ्लालाई नेचा सल्यान गाउँपालिकामा समावेश गरेर उत्पीडनमा पारेकोमा आन्दोलन गर्दै चुनाव बहिष्कार गरेका थिए । सदरमुकाम पुग्न बढीमा २० मिनेटको मोटर बाटो छ भने हालको गाउँपालिकाको केन्द्र पुग्न कम्तीमा पनि पाँच घण्टा लाग्छ । काठमाडौँलाई तिङ्ला हुँदै सदरमुकामसम्मको सडकले जोडेको छ भने सो गाउँपालिका केन्द्र पुग्न भने भिरपहराको कच्ची सडक पार गर्नुपर्ने हुन्छ ।

 ‘अब हुने निर्वाचनमा भाग लिने वा नलिने भन्ने अहिले निश्चित भएको छैन । स्थानीय विकास मन्त्रालयमा सबै कागजी प्रक्रिया पु¥याएर पठाइएको छ र माग सम्बोधनको प्रतक्षिामा छौँ । माग सम्बोधन भए निर्वाचनमा भाग लिन्छौँ नभए लिदैनौँ’, तिङ्लाका नेपाली काँग्रेसका सभापति नैनबहादुर कार्कीले भने,। उनका अनुसार नेचासल्यान गाउँपालिकाको दूधकुण्ड नगरपालिकामा जाने सहमति दिएको छ भने दूधकुण्ड नगरपालिकाले आउन दिने सहमति मन्त्रालयमा बुझाएको जनाइएको छ । ङ्लामा ९४५ घरधुरीका दुईहजार ४७६ मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७