उर्मिलालाई बुटिकको सफलता


२९ आश्विन २०७४, आईतवार
butik

मोरङ: अझै पनि महिलाहरू घरायसी काम र चुल्हो चौकामा सीमित रहेको उदाहरण कैंयौ देखिन्छ/भेटिन्छ । तर, त्यसैमा मात्र सिमत नरहेका भने थोरै मात्र पाइन्छ । त्यसको एक उदाहरण हुन् मोरङ उर्लाबारीकी उर्मिला राई (श्रेष्ठ) । बुटीक व्यावसायी । अर्थात् डिजाइनर ।
उनी लेङ्गा, कुर्ता सुरुवाल, साडीमा आकर्षक डिजाइनका बुट्टा भर्न खप्पिस छिन् ।

butik
उनको काम हो फेसान पारखीलाई सन्तुष्ट दिने । ५ वर्ष अघि मात्रै उलाबारी २ मधुमल्लामा ५ लाखबाट व्यावसाय थालेकी अहिले बढाएर ३० लाख माथि प¥याकी छिन् । तर पनि उनको मन पटक्कै शान्त छैन । कारण हो बुटिक सबैलाई चिनाउन चाहन्छिन् ।
हुन त उनको उत्पादनको स्वाद अमेरिका, बेल्जीयम, अस्ट्रेलिया, हङकङमा बस्ने नेपालीले चाखिसकेका छन् । कलाकारहरूले पनि पहिरिएका छन् । त्यति मात्रै होइन फेसन पारखीको रोजाइमा पनि उनको डिजाइनले राम्रै स्थान पाएका छन् । उनले २ दर्जन नेपाली र भारतीय नागरिकलाई रोजगार पनि दिएकी छिन् । एक तवरले भन्दा उनी रोजगार दाता हुन् । मालिक हुन् । सधैँ उनी सिकारुलाई तालिम दिन तल्लिन हुन्छिन् । वैदेशिक रोजगारमा जानेलाई सिपसिकेर जानु मात्रै सुझाब दिँदैन सिपनै सिकाउँछिन् ।
उनले अनलाइन बुटिक पनि समेत सञ्चालन गरेकी छिन् । उनी भन्छिन्, ‘सिर्जनात्मक कामलाई व्यावसायिक बनाउने रुचिले यो क्षेत्रमा लागेँ ।’ उनले धरानमा सामान्य बुटिक डिजाइन सिकिन् । त्यसैको कौतूहलले सिङ्गापुरमा एड्भान्स कोर्स सिकिन् । उनको बुझई छ बुटिक डिजाइनमा लाग्नेले नाम, दाम, कामले प्रयोग कर्तालाई लोभ्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७