गच्छदारको समुह मात्र कांग्रेसमा, थापा समुह लोकतान्त्रिकमै रहने


२९ आश्विन २०७४, आईतवार
Bijay kumar and shivalal thapa

काठमाडौं  : नेपाली कांग्रेसमा समाहित हुन लागेको नेपाल लोकतान्त्रिक फोरमका एक समुह नजाने भएका छन् । पछिल्लो चरणमा एकीकृत भएका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का शिवलाल थापा लगायत नेताहरु कांग्रेससँगको एकतामा नजाने भएका हुन् ।

Bijay kumar and shivalal thapa

उनीहरू लोकतान्त्रिक फोरम पार्टीमै रहने भएका छन् । भने चुनावमा पनि फोरमकै चुनाव चिह्न प्रयोग गर्ने जानकारी दिए । थापा समुह नजाने भएपछि कांग्रेसमा  विजयकुमार गच्छदारकाे समुह मात्र जाने भएकाे छ । कांग्रेसकै पूर्वनेता विजयकुमार गच्छदार १० वर्षपछि आफ्नै मातृ पार्टीमा र्फकन  लागेका हुन् ।

थापाले पार्टीका  करिब ३ सय ३५ केन्द्रीय सदस्यीय समितीमा अधिकांश नेता  आफनो पक्षमा रहेको पनि दाबी गरे ।  ‘निर्वाचन प्रक्रिया अगाडि बढाइरहेका छौं, अध्यक्ष र अन्य नेता एकतामा गए पनि हामी जाँदैनौं’, थापाले भने, ‘कसको पक्षमा कति शक्ति भन्ने गच्छदार कांग्रेस प्रवेशपछि मात्रै एकीन हुनेछ ।’

गत चैतमा फोरम लोकतान्त्रिकसँग एकता भएका जनमुक्ति पार्टी (लोकतान्त्रिक), थरुहट तराई पार्टी, दलित जनजाति पार्टी, नागरिक पार्टी, शान्ति पार्टी, लिबरल डेमोक्र्या्टिकलगायत पार्टीका अधिकांश नेता एकताको विपक्षमा देखिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७