१० वर्षपछि फेरी कांग्रेसमै  विजय गच्छदार


२९ आश्विन २०७४, आईतवार

काठमाडौं : नेपाल लोकतान्त्रिक फोरम आज कांग्रेसमा समाहित हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुबै पार्टी एक हुने कार्यक्रम आइतबार साँझ राखिएको छ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने उद्देश्यसहित वाम गठबन्धन बनाएपछि कांग्रेसले पनि लोकतान्त्रिक दलहरुसँग एकताको प्रक्रिया अगाडि बढाएको हो।

bijaya gachhadar गच्छदारलोकतान्त्रिक फोरमको अध्यक्ष रहेको उपप्रधानमन्त्री विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेसमै फर्कने भएका छन् । ०६४ सालमा मधेस आन्दोलन शुरु भएसँगै उपेन्द्र यावदको मधेस जनअधिकार फोरम पार्टीमा गएका थिए ।फोरममा आएको फुटपछि उनी फोरम लोकतान्त्रिकको अध्यक्ष रहेका छन्।

उनकाे फोरम लोकतान्त्रिकसँग १८ सांसद छन् । देउवा सरकारमा उपप्रधानमन्त्री गच्छदारसहित राज्यमन्त्री समेत गरी लोकतान्त्रिकबाट ६ जना मन्त्री छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार विघटन भएपछि गच्छदार फोरम फुटाएर मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षको हैसियतमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

कांग्रेस र फोरम लोकतान्त्रिक बीच केही दिन अघि एकता हुने भने पनि पदीय भागबन्डा नमिलेका कारण रोकिँदै आएको थियो। पार्टी एकताको कुरा अगाडि बढेपनि फोरम लोकतान्त्रिकले आज पार्टीका तर्फबाट निर्वाचन आयोगमा समानुपतिकको सूची समेत बुझाइसकेको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७