बाढीपहिरोमा परी ६० को मृत्यु


२९ आश्विन २०७४, आईतवार
diseaster

भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भीषण वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ ।
भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी निकायले बाढी पहिरोमा परी अरू ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।

diseaster
फाइल तस्बिर

पीडितमध्ये २० जना होअ बिन्ह प्रान्तका, १५ जना मध्य थान्ह होअ प्रान्त र नौ जना मध्य ने अन प्रान्तका रहेका छन् ।
गत शुक्रवार बिहान पहिरोमा परी हराएकामध्येका ११ ओटा शव उद्धारकर्ताहरुले निकालेका थिए । हराएका ३७ जना होआ बिन्ह, थान्ह होआ, ने अन र दुई ओटा अरू प्रान्तका रहेका छन् ।
पहिरोले झन्डै ४० हजार घरमा क्षति पुगको छ भने हनोइका साना घरहरू ध्वस्त भएका छन् ।
यस वर्षको सुरुका नौ महिनामा प्राकृतिक प्रकोपमा परी भियतनाममा मारिएका वा हराएको सङ्ख्या १६९ पुगेको छ । त्यसै गरी २३२ जना घाइते भएका छन् भने २ लाख ३६ हजार ८०० घरमा क्षति पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७