भोलि हुने भनिएको नेपाल र हङकङ बीचको खेल पनि अन्योल


२९ आश्विन २०७४, आईतवार
hong kong typhoon

हङकङ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आइतबार हुने भनिएको नेपाल र हङकङबीचको खेल नहुने सम्भावन बढेको छ । टाइफुनका कारण वर्षा बढेपछि वैकल्पिक दिनलाई सारिएको खेल पनि प्रभावित ह’ने सम्भावना बढेको हो ।

hong kong typhoon

हाल टाइफुन आठ स्तरको उच्च विन्दुतर्फ अग्रसर छ । स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म पनि निरन्तर वर्षा भइरहेको छ । टाइफुन उच्च विन्दुमा पुगेपछि भारी वर्षा हुने अनुमान छ ।
मौसम विभागका पूर्वानुमान अनुसार सोमबार पनि वर्षा हुने सम्भावना रहेको छ । भोलि पनि खेल हुन नसकेको खण्डमा दुवै टोलीले १ र १ अंक बाँड्नेछन् ।

हङकङ विरुद्ध शुक्रबार पहिलो खेलमा पराजित भएसँगै नेपालको शीर्ष चारमा रहदै अर्को वर्ष हुने विश्वकप छनोट खेल्न सपना लगभग सकिएको छ । यदी अंक बाढिए नेपाल छनोटबाट बाहिरिन्छ ।

नेपालले अब हङकङसँग र संयुक्त अरब इमिरेट्स (यूएई)सँगका दुई खेलको नतिजा आफ्नो पक्षमा पार्नु पर्नेछ । १३ अंकका साथ हङकङ चौथो र १२ अंकका साथ केन्या पाँचौ स्थानमा छ ।
शुक्रबारको खेलमा नेपालले घरेलु टोलीलाई निधारित ५० ओभरमा एक सय ९४ रनमा अलआउट पारे पनि जवाफी ब्याटिङमा ३४.५ ओभरमा एक सय ११ रनमै अलआउट भएर पराजित भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७